गौशाला स्थित मरहा नदीमा दिन दहाडै गोली चलाउँदा एक जना घाइते – Jaleshwortoday

गौशाला स्थित मरहा नदीमा दिन दहाडै गोली चलाउँदा एक जना घाइते

 २९ जेष्ठ २०८१, मंगलवार ०९:२७  
1

गणेश कुमार सिंह
महोत्तरी, २८ जेष्ठ

गौशालास्थित मरहा नदीमा दिनदहाडै गोली चलेको छ । मोरटसाईकलमा सवार ७,८ जनाको समुहले गोली प्रहार गर्दा गौशाला नगरपालिका ११ का ३५ बर्षिय विनय कुमार महतो (मुरारी) घाईते भएको छ ।

सोमबार करिब ५:३० बजको समयमा खोलाको बाटो हुँदै घरतर्फ फर्किने क्रममा अज्ञात समुहले गोली प्रहार गरेको हो ।

डाँढमा गोली लागेपछि गम्भीर घाईते भएको विनयको थप उपचारको लागि जनकपुर पठाईएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलालप्रसाद जयसवारले जानकारी दिएका छन् ।