
गणेश कुमार सिंह
महोत्तरी, २८ जेष्ठ
महोत्तरी जिल्लाको सोनाम गाउँपालिका स्थित सुर्तीजन्य पदार्थ ,मादक पदार्थ सेवन तथा लागू औषध न्यूनीकरण सम्बन्धि सरोकारबालाहरुको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
स्वास्थ्य कार्यालय महोत्तरीको आयोजनामा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा लोहरपट्टी नगरपालिका पि.एच सि . डा. विपिन कुमार पाण्डेयले कार्यक्रम सम्बन्धित जानकारी दिएका थिए ।
सुर्तीजन्य पदार्थ ,मादक पदार्थ सेवन तथा लागू औषध न्यूनीकरण सम्बन्धि सरकारबाकाहरुको अन्तरक्रिया कार्यक्रम महोत्तरीको लोहरपट्टी नगरपालिका ,जलेश्वर नगरपालिका र सोनाम गाउँपालिक लगायतको ३ ओटा पालिकामा मात्र गरेका छन् भने स्वास्थ्य शाखा प्रमुख जितेन्द्र कुमार साहले बताए ।
सो कार्यक्रम महोत्तरीको सम्पुर्ण नगरपालिका र गाउँपालिका आवश्यक रहेको भए पनि बजेट सकाउनको लागि ३ ओटा पालिकामा मात्र सुर्तीजन्य पदार्थ ,मादक पदार्थ सेवन तथा लागू औषध न्यूनीकरण सम्बन्धि सरकारबाकाहरुको अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन् ।
पालिका भरिकै स्वास्थ्य चौकी प्रमुख लगायत संचारकर्मी , मेयर उप-मेयर र पालिकाका अधिकृत लाई बोलाए कार्यक्रम सम्पन्न गरेका छन् । सो कार्यक्रम पालिका भरी कै सम्पुर्ण वडाका वडा अध्यक्ष विद्यालयका शिक्षक र बिक्री गर्ने व्यक्ति बिच अन्तरक्रिया हुनु पर्नेमा स्वास्थ्यकर्मी बीच मात्र गरेर कार्यक्रम सम्पन्न गरेका छन् ।