
जलेश्वरटुडे समाचारदाता
धनुषा, १९ पुस
जनकपुरधाममा श्री देवअंशी लहेरी समाजले एउट कार्यक्रम वीच सि.एस.दिबानलाई भव्य स्वागत गरेका छन् ।
सि.एस. दिबान अर्थात चरण सिंह लखेरीया(लहेरी) नेपाल भ्रमणको क्रममा बिहारको देउधा तथा धनुषाको खजुरी हुदै जनकपुरधाम आईपुग्नु भएको थियो । वहाँलाई जनकपुरधाममा लहेरी चौरासी समाजका मन्दिरको बाबा लटु साहले टीका, ब्यवस्थापक राज किशोर साहले माला,सल्लाहकार लक्ष्मण साहले मगही गमछा,व्यवसायी मुकेश कुमार लहेरी(महिपाल)ले जानकी मन्दिरको प्र्रतिमा,लहेरी समाजको अध्यक्ष तथा सम्पूर्ण कार्य समितिले मिथिला कला प्रस्तुत हुने प्रतिमा तथा लहेरी समाजको महासचिव पवन कुमार साहले श्री सत्य नारायण भगवानको प्रतिमा तथा मन्दिर झल्किने फोटोले सम्मान गरेका थिए । त्यसपछि अतिथि सिंहले आफ्नो विचारहरु समाजको वीच राख्नु भएको थियो । वहाँले आफू नेपाल भ्रमणमा आएर ज्यादै नै खुशी भएको बताउनुभयो । वहाँले आफूसँग भएको ईलेक्ट्रिकल सम्बन्धी जानकारी तथा उत्पादन सम्बन्धी सहयोग लिन समाज बन्धुलाई आग्रह गर्नुभएकोे थियो ।वहाँले आफू ७१ वर्षको भए पनि पूर्ण रुपमा स्वास्थ्य रहेको र समाजलाई समेत स्वास्थ्य प्र्रति सचेत रहन सल्लाह दिनुभयो । वहाँले लहेरी समाजको युवा पिढीलाई हरियाणा लगेर तालिम दिएर जिवन यापनको मार्ग देखाउन सक्ने आफूमा अनुभव रहेकोले यसको फाइदा लिन सबैलाई आग्रह समेत गर्नुभयो । वहाँले मन्दिरमा पुजाआजाको लागि ५ हजार १ सय भारतीय रकम प्रदान गर्नुका साथै मन्दिरमा एउटा कोठा समेत बनाइदिने घोषणा गर्नुभयो । कार्यक्रममा देउधाको सरपञ्च सुजित साह लहेरी लगायत सयौ स्वजातिको उपस्थिति रहेको थियो । अन्त्यमा अतिथि लगायत स्वजातिलाई प्रसाद समेत खुवाइएको थियो । कार्यक्रममा उद्घोषण महासचिव पवन कुमार साहले गर्नुभएको थियो । वहाँलाई जनकपुरधामको जानकी मन्दिरको दर्शन गराइएको थियो । स्वर्गद्वार लगायत स्वजाति सरिता साह तथा महेन्द्र साहको पसलमा गएर अवलोकन गर्नुका साथै सुझाव पनि दिनुभयो ।