जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, २९ आषाढ
जनकपुरको भानुचोकमा रहेको जनक ब्याट्री पसलमा सटर फोडेर चोरी भएको छ ।
चोकमै अवस्थित उक्त पसलका संचालक सुजित साहका अनुसार जनक व्याट्री सेन्टरमा गएराति सटर फोडेर चोरी भएको हो ।
सटर फोडेर पसल भित्र प्रवेश गरी चोरले काउन्टरमा राखिएको ९५ हजार रुपैयाँ नगद र एक थान मोबाइल चोरी गरेको संचालक साहले बताए ।
भानुचोकको चारैतिर सीसीटीभी क्यामरा जडान गरिएको छ भने २४ घण्टा प्रहरीको गस्ती हुने गरेको छ । आज बिहान पसल खोल्न आएपछि चोरी भएको थाहा पाएको संचालक साहले बताए ।