
जलेश्वरटुडे समाचारदाता
वीरगञ्ज, २९ आषाढ
महानगर विरगञ्जमा नेपाल सद्भावना पार्टीद्वारा २ दिने आयोजित सातौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको तयारी बैठक कार्यक्रम अध्यक्षता ग्रहण गर्दै महाधिवेशन संयोजक तथा पूर्व शिक्षा मन्त्री रामचन्द्र कुशवाहाले तिव्र सरकार परिवर्तन तथा बाढी पहिरो जस्ता प्राकृतिक विपदा प्रति नेपाल सरकारको उदासिनता प्रति खेद प्रकट गर्दै गहिरो चिन्ता व्यक्त गर्नुका साथै नेपाल सरकारलाई ध्यानाकर्षण समेत गराएका छन् ।
निरन्तरको वर्षाको कारण अहिले नदीनालामा पानीको बहाव अनियन्त्रित भई विभिन्न ठाउँमा बाढी तथा पहिरोले जनधनको क्षति गरेका छन् जसको सम्बोधन तथा आवश्यक उद्धारको कार्यमा तीनै तहको सरकार उदासिन तथा असफल रहेको देखिन्छ । यस गैरजिम्मेबारीपूर्ण सरकारको रबैयाको घोर भत्र्सना गर्दै आवश्यक उद्धार कार्यमा लाग्न तथा अन्य निकायलाई गंभीर हुन ध्यानाकर्षण गराएका छन् ।
यति मात्र होइन नेपालमा तिव्र सरकार परिवर्तनले सबै क्षेत्र नराम्ररी प्रभावित भई सामान्य जनता बढी भन्दा बढी प्रभावित हुने भएकोले जनता समक्ष प्रस्तुत हुने चेतावनी संयोजक कुशवाहाले दिएका छन् ।
आषाढ २८ र २९ गतेदेखि जारी नेसपाको बैठकले अगामी मंसिर १,२ र ३ गते राष्ट्रिय महाधिवेशन महानगर विरगञ्जमै समपन्न गर्ने निर्णय आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका छन् । सोही क्रममा विभिन्न समिति तथा उपसमिति कायम गरी संयोजक समेत चयन गरेको संयोजक कुशवाहाले जानकारी गराउनुभयो । साथै सक्रिय सदस्यता श्रावण मसान्त भित्र लिई यस राष्ट्रिय महाधिवेशनलाई भव्यताका साथ समपन्न गराउन आ—आफ्ना ठाउँबाट लाग्न नेता तथा कार्यकर्ताहरुलाई जिम्मेबारीको बाँडफाँड गरी निर्देशन समेत दिइएको छ । कार्यक्रममा वरिष्ठ नेता तथा पूर्वमन्त्री गोविन्द प्रसाद चौधरी,सरिता गिरी,सहजाद मिकरानी,कार्यकारी अध्यक्ष राम कुमार महतो,उपाध्यक्ष श्रीवति भेडिहर,महासचिव पवन कुमार साह लगायत पार्टीका केन्द्रिय,प्रादेशिक तथा जिल्ला सदस्यहरुको उपस्थिति रहेको थियो ।