मन्त्री यादवलाई गाछी उपहार – Jaleshwortoday

मन्त्री यादवलाई गाछी उपहार

 ५ श्रावण २०८१, शनिबार ०७:१३  
2

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, ४ श्रावण

नवनियुक्त उर्जा, सिचाई तथा खानेपानी मन्त्री शेषनारायण यादवलाई वातावरण अभियानीहरुले आँपको गाछी हस्तान्तरण गरेका छन् ।

सुरेश शर्मा नेतृत्वमा आज दिउँसो मन्त्रालय पुगेका वातावरण अभियानीहरुले मन्त्री यादवलाई बधाई दिदै उपहारको रुपमा आँपको गाछी हस्तान्तरण गरेका थिए ।

बोटबिरुवा विनाशले गर्दा वातावरणमा परेको प्रतिकूल असरलाई न्युनिकरण गर्न वृक्षारोपण आजको आवश्यक्ता रहेकाले मन्त्रीज्यूलाई उपहारमा बिरुपा हस्तान्तरण गरेको अभियानी शर्माले बताए ।

मन्त्री यादवले हिजो पद तथा गोपनीयताको सपथ ग्रहण गरेसँगै बधाई दिन नेपाली कांग्रेसका नेता, कार्यकर्ता, शुभचिन्तक, इष्टमित्रको भिड लागेको छ ।