उर्जा मन्त्री यादव एक्शनमा – Jaleshwortoday

उर्जा मन्त्री यादव एक्शनमा

 ५ श्रावण २०८१, शनिबार ०७:१८  
3

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, ४ श्रावण

उर्जा, सिचाई तथा खानेपानी मन्त्री शेषनारायण यादवले पदभार सम्हालेको एक दिन नबित्दै एक्सनमा आएका छन् ।

हिजो अबेर साँझ मात्र पदभार ग्रहण गरेका मन्त्री यादवले आज बिहान मन्त्रालय पुगेका थिए ।

सचिव जक्की अहमदसित मन्त्रालय मातहतका महाशाखा र शाखाहरुमा कार्यरत्त कर्मचारी र कामकाजबारे मन्त्री यादवलाई ब्रिफिङ गरेका छन् ।

मन्त्री यादवले विनिर्धक्क रुपमा कार्यसम्पादन गर्न निर्देशन दिए । खानेपानी, सिचाई तथा उर्जा महाशाखाहरुको स्थलगत निरीक्षण गर्दै मन्त्री यादवले मन्त्रालयको कामकाजलाई गति दिन सचिव अहमदलाई निर्देशन दिएका छन् ।

सिचाई अभावमा मधेशमा कृषि क्षेत्र नराम्ररी प्रभावित भइरहदा मन्त्री यादवलाई यसलाई व्यवस्थापनलाई चुनौतीको रुपमा लिएका छन् ।

सिचाई व्यवस्थापन भए कृषि उत्पादनमा वृद्धि हुने पक्का रहेकाले यसको लागि आवश्यक कदम अघि बढाउनुपर्ने धारणा मन्त्री यादवको छ ।

हिजो साँझ मात्रै यादवसहित नेपाली कांग्रेसका चार जना र लोकतान्त्रिक समाजवादी पार्टीका एक जनाले मन्त्री पदको सपथ ग्रहण गरेका थिए ।

प्रदेश प्रमुख सुमित्रा भण्डारीले पद तथा गोपनीयताको सपथ ग्रहण गराएपछि मन्त्री यादवले मन्त्रालय पुगेर पदभार समेत ग्रहण गरेका थिए ।