राजनैतिक अस्थिरता नियन्त्रण गर – Jaleshwortoday

राजनैतिक अस्थिरता नियन्त्रण गर

 २२ पुष २०७७, बुधबार ०३:२६  
editorial

प्रतिनिधि सभा विघटन भए पछि नेपालमा अहिले राजनैतिक अस्थिरता देखिन्छ । अहिले दिनहुँ सडकमा नाराबाजि तथा मानवीय भीड देख्न सकिन्छ । यसले यो बताइरहेको छ की कोरोना नेपालबाट अहिले नै उन्मूलन भइसकेको छ । तर अहिले पनि सबैले त्यतिकै स्वास्थ्य प्रति सजग तथा साबधान रहनु जरुरी छ जति पहिला शुरुमा हामी थियौं । तर अहिले नेताजीहरु कोरोनाको ख्यालै नगरीकन सडकमा सरकारको विरोधमा लागी परेका छन् । लडाई लड्नु पर्छ तर स्वास्थ्यलाई खतरामा राखेर कुन अधिकार लिन खोज्या हौं त्यो प्रष्ट नभएको अवस्था रहेको छ । त्यसकारण यस किसिमको भिडभाडको बिकल्प खोज्न आवश्यक रहेको देखिन्छ ।

Image may contain: motorcycle, text that says 'YAMAHA Revs Your Heart JAPANESE INNOVATION POUSH 20 to 29 ALL NEPAL YAMAHA SHOWROOMS exchange & upgrade TO YAMAHA FI MOTORCYCLES CARBURETOR छोडौ, FI चढौ GUARANTEED ADDITIONAL RS. 15,000/- TOP MARKET VALUATION ANY BRAND, ANY CONDITION 0 ALL MOTORCYCLES ADDITIONAL VALUATION APPLICABLE'
अर्काे कुरा राजनैतिक अस्थिरताका कारण मुलुक नै अभिभावक विहिन भइसकेको जस्तो लाग्न थालेछ आम जनतालाई । यसलाई सरकारले बुझेको छैन भने यस भन्दा ठूलो लाजको कुरा केहि पनि हुन सक्दैन । त्यसकारण प्रधानमन्त्री के.पी. शर्मा ओलीले पनि बालहठ त्यागेर बाहिरी शक्तिको आशमा नभौतारिएर एक चोटि देश रक्षा तथा जनताप्रति बफादार हुनको लागि यस्तो राजनैतिक कलहलाई नियन्त्रण गर्नुपर्ने आवश्यकता रहेको देखिन्छ । नभए यसले अर्काे पनि खतरा बढाउन सक्ने देखिन्छ ।