
जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, १० श्रावण
धनुषाको शहीदनगर र विदेह नगरपालिकामा दौतरी शिक्षा सम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ ।
प्लान ईन्टरनेशनल नेपालको सहयोगमा आसमान नेपालद्धारा संचालित बालविवाह न्युनीकरण परियोजना अन्तर्गत शहीदनगर नगरपालिकाका श्रीबिष्णु प्रा.वि र बिदेह नगरपालिकाका श्रीजनता नमुना माविमा ३ दिने दौतरी शिक्षा तालिम आयोजना गरिएको थियो ।
यौन तथा प्रजनन स्वास्थ्यबारे सक्षम भई उनीहरुले कम्तिमा आफ्नो १० जना दौतरीहरुलाई यस बारेमा जानकारी दिनु तालिमको मुख्य उदेश्य रहेको छ ।
तालिममा ५ वटा पालिकाहरुबाट ४८ जना किशोरकिशोरीहरुको सहभागीता रहेको थियो ।
जसमा सबैला नगरपालिकाबाट ८ जना, शहीदनगर नगरपालिकाबाट ८ जना, कमला नगरपालिकाबाट ८ जना, विदेह नगरपालिकाबाट १४ जना र जनकनन्दनी गाउँपालिकाबाट १० जना सहभागि थिए ।
तालिमको सहजीकरण रेखा खत्री र रामकुमार महराले गरेका थिए।
यौन तथा प्रजनन स्वास्थ्य र अधिकार, प्रजनन प्रणाली, किशोरावस्था र यसबेला हुने परिवर्तनहरु, महिनावारी र स्वच्छता व्यवस्थापन, परिवार नियोजन, ज्क्ष्ख्रब्क्ष्म्क्, लिंग र लैैगिकता, यौनिकता, यौन अभिमुखिकरण, लैंगिकता आधारित हिंसा, यौन हिंसाबारे ३ दिनसम्म छलफल गरेका थिए ।
सबैला नगरपालिकाका इन्द्रजीत यादवले तालिममा किशोरवास्थामा किशोरहरुमा हुने परिवर्तनहरु जस्तै दाह्री जुंगा आउने, डण्डीफोर आउने, यौनाङ्ग वरिवरी रौ आउने, त्यसै गरि किशोरीहरुमा महिनावारी शुरु हुने, स्तनको आकार बढने र शरीर तथा हिपमा बृद्धि आदि परिवर्तन हुने साथै यस्तो अवस्थामा आफुलाई व्यवस्थित राख्ने बारे तालिममा सिकेको बताए ।
“यौन तथा प्रजनन स्वास्थ्य र अधिकार र प्रजनन प्रणाली जस्ताविषयहरु साचैमा व्यक्तिगत रुपमा पनि काम लाग्ने तथा सबै किशोर किशोरीहरुलाई समेत आवश्य रहेकाले आफुले सिकेका कुराहरु आफ्नो साथीहरुलाई पनि सिकाउने जनकनन्दी गाउँपालिकाकी काब्या भुजेलले बताइन् ।
तालिमको अन्तिम दिनकार्य योजना बनाई सहभागीहरुले कमसेकम आफना १० जना साथीहरुलाई यस तालिममा सिकेको कुराहरु सेयर गर्ने योजनासहित तालिम सम्पन्न भयो । तालिमको फलोअप ३।३ महिनामा गरिने आसमान नेपालका प्राविधिक संयोजक रामकुमार महराले बताए ।