सोनी साह
जलेश्वर, १९ श्रावण
साउने सोमबारीमा जलेश्वर नगरपालिकामा अवस्थित प्राचीन जलेश्वरनाथ महादेव प्रति भक्तजनको अपार आस्था र विश्वासले प्रत्येक वर्ष झै यस वर्ष पनि भक्तजनहरुको भिड देखिन्छ । बाबा शिवलाई दर्शन गर्न मधे प्रदेशका विभिन्न जिल्लाहरुबाट भक्तजनहरु आउने गरेका छन् । खास गरेर महिला भक्तजनहरु समेत भगवान शिव तथा पार्वतिको ब्रत बसेर मनबाञ्छित वर माँग्ने गर्दछन् । हरियो च’रा तथा पोशाकमा सजिएका य’वा तथा य’वतिले श्रावण महिनामा यस क्षेत्रको आकर्षकता बढाएको देखिन्छ । विश्वकै एकमात्र जलभित्र विराजमान शिव महालिङ्ग प्रचारप्रसारको अभावमा ओझेलमा परेको विज्ञहरुले बताउछन । धार्मिक पर्यटकीय दृष्टिकोणले अति महत्व राख्ने महोत्तरीको जलेश्वरनाथ महादेव मन्दिरको प्रचारप्रसारमा सरोकारवालाको चासो नहुनुले पछिल्लो समयमा आएर यो क्षेत्र ओझेलमा परेको हो । केही दिन पहिले महाशिवरात्रिको लागि नेपाली सेना, सशस्त्र प्रहरी र सामुदायिक प्रहरीले मन्दिर सरसफाइ, रङरोगन कार्य गरेता पनि सो मन्दिरलाई विश्व विख्यात बनाउन दीर्घकालीन योजना तथा कार्य गर्नुपर्ने आवश्यक्ता देखिएको छ । विसं २०५९ मा जलेश्वरनाथ मन्दिर व्यवस्थापन सहयोग समिति गठन भए पनि विभिन्न कारणले समिति क्रियाशील हुन नसक्दा मन्दिर व्यवस्थापन तथा प्रचारप्रसार हुन नसकेको स्थानीयको भनाइ छ । यता मन्दिर परिसरमै तथा मन्दिरको बाहिर रहेको पुरनदर सर र बवण सर संरक्षण र सरसफाइको कारण स’न्दर तथा स्वच्छ रहेको देखिन्छ । पोखरीको रंगरोगनले आकर्षकता बढाएको छ । कुनै व्यक्तिले नभई स्वयम् अनादी शक्ति स्वयम्भूका रुपमा रहेको पश्चिम भागमा अर्ध चन्द्रकार चिह्न अङ्कित यस लिङ्गमा सर्व सिद्धि प्रदान गर्ने शक्ति रहेको छ । त्यसैले विभिन्न धार्मिक ग्रन्थमा श्लोक लेखिएको छ छुजलेश्वरो महालिङ्ग रुद्रेण स्थापितः स्वयमू । जलेश्वरनाथ महादेव मन्दिरमा दुई भुजासहित बीचमा केही उठेको भाग छ । मन्दिरको मध्यवर्ती भागतिर १६ सिढीमुनि एउटा चतुष्कोण आकारको जलकुण्डमा शिवलिङ्ग रहेको छ । जलकुण्डमा रहेको यिनै शिजवीलाई जलेश्वरनाथअर्थात् जलेश्वर महादेवको नामबाट पुकारिन्छ । अति प्राचीन श्री जलेश्वरनाथ महादेवको सुसञ्चालनको लागि विसं १८६९ तिर श्री पाँच गिर्वाण युद्ध विक्रम साहको शासनकालमा नित्य पूजाआजा चलाउन जलेश्वर महादेव प्रिति गरी विभिन्न ठाउँका मौजेहरु वहेडा जव्दी, बजराही, कञ्चनपुर, जलेश्वर, डाम्ही महेशपुर र महादेवपटटी (साविकको गाविस) (२७५ बिगाहा जग्गा) तत्कालीन पुजारी महन्थलाई लालमोहर ताम्रपत्र दिइयो । ताम्रपत्र भने पहिलो प्रमाणको रुपमा मन्दिरको लागि अमूल्य छ । पोखरीको इतिहास हेर्दा वरुण सर (महादेव पूजाको लागि) सहस्त्र कमलको पुष्प भएको पोखरी, पुरन्द सर (महादेव दर्शन पूर्व हात खूट्टा धुने गारधोई पोखरीको नामले प्रचलित), पूर्णि सर (महादेवलाई भोगराजको लागि मखानको पोखरी), महन्थ पोखरी (पुजारी महन्थको बास स्थानमा प्रयोग हुने पोखरी) अझै यथावत रहे पनि सो को भोगचलन भने जलेश्वर नगरपालिकाले गर्दै आएको छ । पुरानो तथ्याँक अनुसार मन्दिर सञ्चालन, पुजारी तथा भान्से तथा वर्षभरि हुने सबै पूजापाठको लागि गुठी संस्थानले वार्षिक जम्मा रु ५८ हजार ६०० रकम मात्र सहयोग गर्दै आएको छ । मन्दिरलाई सौन्दर्यीकरण गरी विश्व सम्पदा सूचीमै पार्न सकिने भए पनि सरोकारवाला निकाय र स्थानीयले समेत चासो दिन नसकेको आरोप छ । जलेश्वर नगरपालिकाले मन्दिरको पोखरी, परिसर र छेउछाउमा फोहर गर्नेलाई नियन्त्रित गर्न सकेको छैन भने थुपारिएको फोहरलाई समेत व्यवस्थित गर्न अटेर गर्दा समस्या थपिँदै गएको फोटो पत्रकारिता गरिसकेका समाजसेवी विश्वनाथ साहको भनाइ छ । त्यस्तै जिल्ला विकास समिति, गुठी संस्थान तथा स्थानीयले समेत मन्दिरलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न ठोस कदम उठाउन सकेका छैनन् । मन्दिरभित्रको जलगुफामा १२ देखि १५ फिट जलभित्र शिवलिङ्ग स्थापित रहेको छ । मन्दिरबारे विशेष जानकारी राख्ने प्रवुद्ध वर्गले वर्षौं पहिले मोटर र विभिन्न उपकरण लगाई गुफाको जल निकाल्ने प्रयास गरे पनि ती प्रयास असफल भएकोमा नेपाली सेनाको सहयोगमा बाल्टीले नै जल निकालेर शिवलिङ्गको दर्शन गर्न थालिएको छ । केही वर्षदेखि सशस्त्र प्रहरीले समेत नेपाली सेनासँगै पालो लगाई गुफाको जल निकाल्ने गरेको छ । प्रत्येक महिनाको पहिलो सोमबार र तेस्रो सोमबार एक पटकलाई गुफाको जल निकालिँदै आइएको छ भने महाशिवरात्रिको दिन दुईदेखि तीन लाख दर्शनार्थीले शिवलिङ्ग दर्शन गर्ने गरी गुफाको जल निकालिने गरिएको छ । केही शिवभक्तले गुफाभित्र प्रवेश गरी शिवलिङ्ग दर्शन गर्न जाँदा जलमा खुट्टा लाग्ने र त्यसले शिवको अपमान हुने भन्दै गुफाभित्रै प्रवेश गरेर दर्शन गर्ने गरेका छैनन् । वहाँले यो योजना लागू भए जलेश्वरको पूर्ण कायापलट हुने धारणा राख्नुभयो । जलेश्वर नगरपालिकाको वर्तममान नगर प्र्रमुख सुरेश साह सोनारले समेत आफू यस क्षेत्रको विकासको लागि पर्यटक तथा आमजनतालाई आकर्षित गर्न लागि परेको बताउनु हुन्छ । नगर प्रमुख सोनारले यस मन्दिरलाई विश्व सम्पदामा अंकित गराउन आफू प्रयासरत रहेको बताउनु हुन्छ । अहिले मन्दिरभित्र तथा बाहिर पर्यटक लोभ्याउन धेरै कामहरु भएका छन् । तर अहिले पनि अन्य पर्यटकीय शहरको तुल्नामा जलेश्वरमा भौतिक संरचनाको निर्माण तथा सेवा सुविधाको क्षेत्रमा स्थानिय तथा अन्य ईच्छुक व्यक्तिहरुको लगानी आवश्यक रहेको देखिन्छ । खास गरेर मिथिला परिकार खुवाउने राम्रो तथा पर्यटकमूखि होटल,सस्तो र राम्रो बासस्थान दिन सक्ने लाँज,घण्टौ विताउन सक्ने वाटरपार्क,स्वीमीङ्ग पुल,चिल्ड्रेन पार्क लगायतका अन्य भौतिक संरचना तयार गर्न आवश्यकता रहेको छ । साउने सोमबारीमा जलेश्वर नगरपालिकामा अवस्थित प्राचीन जलेश्वरनाथ महादेव प्रति भक्तजनको अपार आस्था र विश्वासले प्रत्येक वर्ष झै यस वर्ष पनि भक्तजनहरुको भिड देखिन्छ । बाबा शिवलाई दर्शन गर्न मधे प्रदेशका विभिन्न जिल्लाहरुबाट भक्तजनहरु आउने गरेका छन् । खास गरेर महिला भक्तजनहरु समेत भगवान शिव तथा पार्वतिको ब्रत बसेर मनबाञ्छित वर माँग्ने गर्दछन् । हरियो च’रा तथा पोशाकमा सजिएका य’वा तथा य’वतिले श्रावण महिनामा यस क्षेत्रको आकर्षकता बढाएको देखिन्छ । विश्वकै एकमात्र जलभित्र विराजमान शिव महालिङ्ग प्रचारप्रसारको अभावमा ओझेलमा परेको विज्ञहरुले बताउछन । धार्मिक पर्यटकीय दृष्टिकोणले अति महत्व राख्ने महोत्तरीको जलेश्वरनाथ महादेव मन्दिरको प्रचारप्रसारमा सरोकारवालाको चासो नहुनुले पछिल्लो समयमा आएर यो क्षेत्र ओझेलमा परेको हो । केही दिन पहिले महाशिवरात्रिको लागि नेपाली सेना, सशस्त्र प्रहरी र सामुदायिक प्रहरीले मन्दिर सरसफाइ, रङरोगन कार्य गरेता पनि सो मन्दिरलाई विश्व विख्यात बनाउन दीर्घकालीन योजना तथा कार्य गर्नुपर्ने आवश्यक्ता देखिएको छ । विसं २०५९ मा जलेश्वरनाथ मन्दिर व्यवस्थापन सहयोग समिति गठन भए पनि विभिन्न कारणले समिति क्रियाशील हुन नसक्दा मन्दिर व्यवस्थापन तथा प्रचारप्रसार हुन नसकेको स्थानीयको भनाइ छ । यता मन्दिर परिसरमै तथा मन्दिरको बाहिर रहेको पुरनदर सर र बवण सर संरक्षण र सरसफाइको कारण स’न्दर तथा स्वच्छ रहेको देखिन्छ । पोखरीको रंगरोगनले आकर्षकता बढाएको छ । कुनै व्यक्तिले नभई स्वयम् अनादी शक्ति स्वयम्भूका रुपमा रहेको पश्चिम भागमा अर्ध चन्द्रकार चिह्न अङ्कित यस लिङ्गमा सर्व सिद्धि प्रदान गर्ने शक्ति रहेको छ । त्यसैले विभिन्न धार्मिक ग्रन्थमा श्लोक लेखिएको छ छुजलेश्वरो महालिङ्ग रुद्रेण स्थापितः स्वयमू । जलेश्वरनाथ महादेव मन्दिरमा दुई भुजासहित बीचमा केही उठेको भाग छ । मन्दिरको मध्यवर्ती भागतिर १६ सिढीमुनि एउटा चतुष्कोण आकारको जलकुण्डमा शिवलिङ्ग रहेको छ । जलकुण्डमा रहेको यिनै शिजवीलाई जलेश्वरनाथअर्थात् जलेश्वर महादेवको नामबाट पुकारिन्छ । अति प्राचीन श्री जलेश्वरनाथ महादेवको सुसञ्चालनको लागि विसं १८६९ तिर श्री पाँच गिर्वाण युद्ध विक्रम साहको शासनकालमा नित्य पूजाआजा चलाउन जलेश्वर महादेव प्रिति गरी विभिन्न ठाउँका मौजेहरु वहेडा जव्दी, बजराही, कञ्चनपुर, जलेश्वर, डाम्ही महेशपुर र महादेवपटटी (साविकको गाविस) (२७५ बिगाहा जग्गा) तत्कालीन पुजारी महन्थलाई लालमोहर ताम्रपत्र दिइयो । ताम्रपत्र भने पहिलो प्रमाणको रुपमा मन्दिरको लागि अमूल्य छ । पोखरीको इतिहास हेर्दा वरुण सर (महादेव पूजाको लागि) सहस्त्र कमलको पुष्प भएको पोखरी, पुरन्द सर (महादेव दर्शन पूर्व हात खूट्टा धुने गारधोई पोखरीको नामले प्रचलित), पूर्णि सर (महादेवलाई भोगराजको लागि मखानको पोखरी), महन्थ पोखरी (पुजारी महन्थको बास स्थानमा प्रयोग हुने पोखरी) अझै यथावत रहे पनि सो को भोगचलन भने जलेश्वर नगरपालिकाले गर्दै आएको छ । पुरानो तथ्याँक अनुसार मन्दिर सञ्चालन, पुजारी तथा भान्से तथा वर्षभरि हुने सबै पूजापाठको लागि गुठी संस्थानले वार्षिक जम्मा रु ५८ हजार ६०० रकम मात्र सहयोग गर्दै आएको छ । मन्दिरलाई सौन्दर्यीकरण गरी विश्व सम्पदा सूचीमै पार्न सकिने भए पनि सरोकारवाला निकाय र स्थानीयले समेत चासो दिन नसकेको आरोप छ । जलेश्वर नगरपालिकाले मन्दिरको पोखरी, परिसर र छेउछाउमा फोहर गर्नेलाई नियन्त्रित गर्न सकेको छैन भने थुपारिएको फोहरलाई समेत व्यवस्थित गर्न अटेर गर्दा समस्या थपिँदै गएको फोटो पत्रकारिता गरिसकेका समाजसेवी विश्वनाथ साहको भनाइ छ । त्यस्तै जिल्ला विकास समिति, गुठी संस्थान तथा स्थानीयले समेत मन्दिरलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न ठोस कदम उठाउन सकेका छैनन् । मन्दिरभित्रको जलगुफामा १२ देखि १५ फिट जलभित्र शिवलिङ्ग स्थापित रहेको छ । मन्दिरबारे विशेष जानकारी राख्ने प्रवुद्ध वर्गले वर्षौं पहिले मोटर र विभिन्न उपकरण लगाई गुफाको जल निकाल्ने प्रयास गरे पनि ती प्रयास असफल भएकोमा नेपाली सेनाको सहयोगमा बाल्टीले नै जल निकालेर शिवलिङ्गको दर्शन गर्न थालिएको छ । केही वर्षदेखि सशस्त्र प्रहरीले समेत नेपाली सेनासँगै पालो लगाई गुफाको जल निकाल्ने गरेको छ । प्रत्येक महिनाको पहिलो सोमबार र तेस्रो सोमबार एक पटकलाई गुफाको जल निकालिँदै आइएको छ भने महाशिवरात्रिको दिन दुईदेखि तीन लाख दर्शनार्थीले शिवलिङ्ग दर्शन गर्ने गरी गुफाको जल निकालिने गरिएको छ । केही शिवभक्तले गुफाभित्र प्रवेश गरी शिवलिङ्ग दर्शन गर्न जाँदा जलमा खुट्टा लाग्ने र त्यसले शिवको अपमान हुने भन्दै गुफाभित्रै प्रवेश गरेर दर्शन गर्ने गरेका छैनन् । वहाँले यो योजना लागू भए जलेश्वरको पूर्ण कायापलट हुने धारणा राख्नुभयो । जलेश्वर नगरपालिकाको वर्तममान नगर प्र्रमुख सुरेश साह सोनारले समेत आफू यस क्षेत्रको विकासको लागि पर्यटक तथा आमजनतालाई आकर्षित गर्न लागि परेको बताउनु हुन्छ । नगर प्रमुख सोनारले यस मन्दिरलाई विश्व सम्पदामा अंकित गराउन आफू प्रयासरत रहेको बताउनु हुन्छ । अहिले मन्दिरभित्र तथा बाहिर पर्यटक लोभ्याउन धेरै कामहरु भएका छन् । तर अहिले पनि अन्य पर्यटकीय शहरको तुल्नामा जलेश्वरमा भौतिक संरचनाको निर्माण तथा सेवा सुविधाको क्षेत्रमा स्थानिय तथा अन्य ईच्छुक व्यक्तिहरुको लगानी आवश्यक रहेको देखिन्छ । खास गरेर मिथिला परिकार खुवाउने राम्रो तथा पर्यटकमूखि होटल,सस्तो र राम्रो बासस्थान दिन सक्ने लाँज,घण्टौ विताउन सक्ने वाटरपार्क,स्वीमीङ्ग पुल,चिल्ड्रेन पार्क लगायतका अन्य भौतिक संरचना तयार गर्न आवश्यकता रहेको छ । श्रावण महिनाभरी जनकपुरधामको लादोबेला स्थित दुधमति नदीबाट आइतबार राति जल लिएर सोमबार सोमबारीको दिन सोही जल जलेश्वरनाथलाई चढाउने प्राचीन तथा पुरानो परम्परालाई अझै प्रचार प्रसार गर्न जरुरी समेत देखिन्छ ।