जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, २१ श्रावण
शिक्षा तथा संस्कृति मन्त्रालयले साउनको तेश्रो सोमबार आज धनुषाको क्षीरेश्वरनाथ मन्दिरमा जल वितरण गरेको छ ।
शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी तिवारीले श्रद्धालुलाई जल बाँडेपछि कार्यक्रम सुरु भएको थियो ।
साउन महिनाको तेश्रो सोमबार उखरमाउलो गर्मीमा दर्शन पूजाका लागि आएका श्रद्धालु भक्तजनलाई जल वितरण गरिएको हो ।
क्षीरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुकदेव यादव, शिक्षा तथा संस्कृति मन्त्रालयका सचिव महेन्द्र महतो लगायले श्रद्धालु भक्तजनलाई जल वितरण गरेका थिए ।
गर्मीमा श्रद्धालुभक्तजनलाई भएको समस्याको मध्यनजर गरेर थोरै भएपनि शितलताको महशुस गराउने उद्येश्यले मन्त्रालयले जल वितरण कार्यक्रम गरेको सचिव महतोले बताए ।
क्षीरेश्वरनाथ मन्दिरमा दर्शन पूजाका लागि आएका करिब एक हजार श्रद्धालु भक्तजनलाई जल वितरण गरिएको मन्त्रालयले जनाएको छ ।
महेन्द्रनगरदेखि करिब एक किलोमिटर उत्तरपूर्वमा पर्ने क्षीरेश्वरनाथ मन्दिरमा दर्शन पूजा गर्न आसपासका गाउँ र टाढा टाढाबाट पनि श्रद्धालुभक्तजनहरु पुगेका छन् ।