कुशल अध्यक्ष आउन जरुरी – Jaleshwortoday

कुशल अध्यक्ष आउन जरुरी

 २६ पुष २०७७, आईतवार २३:३०  
editorial

उद्योग बाणिज्य संघ महोत्तरीको अध्यक्ष पद लगायत अन्य पदको लागि माघ ३ गते हुन गइरहेको चुनावबाट असल तथा कुशल पदाधिकारीहरुको चयन हुनु जरुरी छ । बिगतमा विभिन्न कारणले अहिलेसम्म जलेश्वरको व्यवसाय फ्रष्टाउन सकेका छैनन् । यसको विभिन्न कारणहरु मध्ये उद्योग वाणिज्य संघको कुशल पदाधिकारीहरु चयन नहुनु पनि हो । अहिले युग प्रतिस्पर्धाको युग हो । बिना प्रतिस्पर्धा कुनै पनि क्षेत्रको विकास नहुने भएकोले प्रतिस्पर्धा अर्थात चुनावी प्रक्रियाबाट असल पदाधिकारी चयन गर्नुपर्ने अहिले प्रमुख आवश्यकता रहेको देखिन्छ । महोत्तरीको जलेश्वरलाई विभिन्न हिसाबलाई विभिन्न शक्तिहरुबाट दबाउने प्रयास भएको छ । त्यसकारण यस क्षेत्रको विकास अन्य क्षेत्र भन्दा सुस्त देखिन्छ । जबसम्म कुनै पनि क्षेत्रको अािर्थक क्षेत्रको विकास तथा प्रबद्र्धन हुदैन तब सम्म त्यस क्षेत्रको विकासको कल्पना नै गर्न सकिदैन । त्यस कारण व्यवसायीहरुले यस पटक जातिबाद,नाताबाद तथा कृपाबादबाट टाढा रही जलेश्वरको व्यवसायीक पृष्ठभूमिलाई आधुनिक तथा साहसिक रुपमा रुपान्तरण तथा व्यवस्थापन गरी राष्ट्रिय तथा अन्तरराष्ट्रिय रुपमा अन्य निकायसँग सहकार्य गरी सबै व्यवसाय तथा व्यवसायीको लागि मरिमेट्ने व्यक्तिको छनौट गर्न जरुरी छ ।