निरन नेपालद्वारा वार्षिक प्रगति सार्वजनिकिकरण – Jaleshwortoday

निरन नेपालद्वारा वार्षिक प्रगति सार्वजनिकिकरण

 ३० श्रावण २०८१, बुधबार २१:२७  
5

पवन कुमार साह
जनकपुरधाम, ३० श्रावण

राष्ट्रिय अन्तरधार्मिक सञ्जाल(निरन) नेपालद्वारा एउटा कार्यक्रम वीच वार्षिक कार्य प्रगतिको प्रतिवेदन सार्वजनिकीकरण गरिएको छ ।
भिक्षु पिया दसाई महर्जनको अध्यक्षतामा संचालित कार्यक्रममा प्रमुख अतिथिको रुपमा शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारी,अतिथिको रुपमा पूर्व गृह,सञ्चार तथा कानून राज्यमन्त्री शारदा देवी थापा तथा पूर्व वन तथा वातारण राज्य
मन्त्री रन्जू कुमारी मण्डललाई आसन ग्रहण गराईएको थियो । कार्यक्रममा महोत्तरी,सर्लाही तथा रौतहट जिल्लाका जि.स.स.का अध्यक्ष,पालिका अध्यक्ष,वल्र्ड भिजनका प्रतिनिधि,विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधि,निरनका सदस्यहरु तथा पत्रकारहरुको समेत उपस्थिति रहेको थियो । राष्ट्रिय गान,विभिन्न धर्महरुका गुरुहरुबाट बन्दना बाचन तथा वीर शहिद प्रति मौन धारण गरी कार्यक्रमको आरम्भ गरिएको थियो ।
स्वागत मन्तब्य निरन नेपालका महासचिव देवी प्रसाद लम्सालले राख्नु भएको थियो । शिक्षा मन्त्री तिवारीले निरन नेपालको कार्यक्रम मधेस प्रदेशका ८ वटै जिल्लाहरुमा संचालन गर्नु पर्ने आवश्यकता रहेको बताउनुभयो । वहाँले गूरुहरु परम सम्मानित नाम हो । त्यसकारण यहाँहरुबाट हुने कामहरु सदैब राम्रो हुने बताउनु भयो । साथै निरन नेपाललाई प्रदेश सरकारले समेत सहयोग गर्नु पर्ने बताउनुभयो । त्यसैगरी मन्त्री थापा तथा मण्डलले समेत निरन नेपालसँग आवद्ध गुरुहरु प्रति आभार प्रकट गर्दै सामाजिक सुधारका कार्यहरुका बारेमा प्रशंसा गर्नु भयो ।
कार्यक्रममा कार्यक्रम संयोजक नहिदा बानोले मधेस प्रदेशका महोत्तरी,सर्लाही तथा रौतहट जिल्लामा संचालित निरन नेपालका समाज सुधारका कार्यक्रमहरुकाबारेमा भएका प्रगतिहरुलाई प्रस्तुत गरेका थिए । वहाँले धार्मिक गुरुहरुका सहयोगले बालविवाह रोकथाम,बालशिक्षामा पहुँच,दहेज मुक्त विवाह,जनचेतनामुखि कार्यक्रम तथा नेपाल सरकारका स्वास्थ्य सम्बन्धी कार्यक्रमहरुमा हातेमालो गर्दै सहयोग गरेका विवरणहरु प्रस्तुत गर्नु भएका थिए । कार्यक्रममा मुस्लिम समुदायका मौलाना शेख अनिसुर रहमान, हिन्दु समुदायको पंडीत शोभाकान्त झा तथा ईसाइ धर्मको अगुवा लक्ष्मी सुनार पासवानले निरन नेपालको सहयोगले गरेका बालविवाहमा रोक,दहेजमुक्त विवाह,बाल शिक्षामा पहुँच लगायतका विभिन्न सामाजिक कार्यहरुका बारेमा प्रगति प्रस्तुत गरेका थिए । कार्यक्रममा कार्यप्रगति सहितको सफलताका कथाहरु समेत प्रस्तुत गरिएका थिए । कार्यक्रममा भित्तामा टाँसिएका विभिन्न प्रगति विवरणहरु उपस्थित सहभागिहरुले अवलोकण गरेका थिए ।साथै यस क्षेत्रमा काम गर्ने दर्जनौं धर्म गुरु तथा समाज सुधारकहरुलाई कदर पत्र प्रदान गरिएको थियो । कार्यक्रममा सहजिकरण तथा अन्य व्यवस्थापन फिल्ड कोओडिनेटर आशिष चौधरीले गरेका थिए भने कार्यक्रम संचालन तथा उद्घोषण नेपाल पत्रकार महासंघको केन्द्रिय सदस्य गायत्री मिश्रले गरेकी थिइन ।

6