महोत्तरीमा मटर तस्करी कारोबारको बिगबिगी – Jaleshwortoday

महोत्तरीमा मटर तस्करी कारोबारको बिगबिगी

 १४ आश्विन २०७७, बुधबार ०८:२८  
matar-baramad

रासस
महोत्तरी, १३ आश्विन

महोत्तरी जिल्ला विगत केही दिनदेखि नेपालबाट भारततर्फ मटर तस्करी कारोबारको बिगबिगी देखिएको छ ।
भारतसँग करीब १४ किलोमिटर खुल्ला सिमानाका कारण जिल्लाबाट अहिले दैनिक सयौँ क्विन्टल मटर चोरी निकासी हुने गरेको छ ।
सीमामा खटिएका सशस्त्र प्रहरी सीमा सुरक्षा बल, नेपाल प्रहरीको सीमा गस्ती टोली र सशस्त्र प्रहरी राजस्व गुल्मसमेतले अहिले दैनिक नेपालबाट भारततर्फ चोरी निकासी हुने गरेको मटर जिल्लाको विभिन्न स्थानबाट नियन्त्रणमा लिने गरेका छन् । छ महिनाभन्दा लामो लकडाउनका कारण जिल्लामा अवस्थित १३ वटै भन्सार नाका बन्द परेको अवस्थामा तस्करहरुले झोला, पोका र ठूलाठूला बोरा समेतमा राखेर वन तथा खेतको बाटो हुँदै मटर तस्करी गर्ने गरेका छन् । सीमा नाकाका वन तथा खेतमा दैनिक मटर तस्करहरुको मेला लागेको देखिन्छ ।