रक्षाबन्धन भाईबहिनीको प्रेमको प्रतिकको पर्वको रुपमा मानिन्छ । यो पर्व जनै पूर्णिमाको दिन मनाइने गरिन्छ । अतः बाहुन समुदायले जनै पूर्णिमाको दिन तलाउ वा नदिमा स्नान गरी नयाँ जनौ धारण गरी पुजाआजा गर्ने चलन रहेको छ । यो पर्व विशेष रुपमा भाद्र महिनामा मनाइन्छ । यस वर्ष भाद्रकाल बिहानदेखि अप्रान्ह १ः४५ बजेसम्म रहने भएकोले यो समय राखी बान्धन उपयुक्त नभएको खगोलशास्त्रीहरुले बताएका छन् । भाद्र भगवान सूर्यको छोरी तथा शनिदेवको बहिनीको नाम हो । उनी जन्मदेखि नै बिध्वन्शकारी तथा अपसकुन प्रबृतिका थिइन । भनिन्छ रावणको बहिनी सुपर्नेखाले भाद्रकालमा नै आफ्नो दाजु रावणको हातमा राखी बान्धेको कारण ठूलो विपतिसँग सामना गर्नुको साथै पुरा बंश नै सखाप भएको थियो । दिउँसो १ बजेर ४५ मिनेटपछि राति १० बजेसम्म रक्षासुत्र बाँध्न सकिनेछ । यो समय सबैको लागि उत्तम तथा शुभ हुने ज्योतिषबिदहरुले बताएका छन् । हिन्दु ग्रन्थ पुराण अनुसार पत्नीले पतिको र पतिले पत्नीको हातमा राखी बाँध्नुपर्छ बताएका छन् । त्यसपछि बहिनीले भाईको हातमा राखी बाध्ने कुरा समेत बताएका छन् । बहिनीले राखी बाँध्दा येन बद्धो बलिराजा ,दानवेन्द्रो महाबलः,तेनत्वाम प्रति बद्धनामि रक्षे,मा चल मा चलः भन्ने मन्त्र पढी रक्षासुत्र बाँध्दा भाईको हातको साथै सम्पूर्ण शरीरको रक्षा हुनुको साथै शुभ हुने बताइएको छ । यो दिन भाईबहिनीले एक अर्कालाई मिष्ठान तथा टीका लगाई कोसेली समेत आदानप्रदान गर्ने गरिन्छ । यो हिन्दुहरुको धेरै नै परम्परागत पर्व हो । यो पर्व खास गरी हिन्दु समुदायमा मनाइने गरिन्छ । यो पर्वले समग्र भाईबहिनीलाई एक सुत्रमा बाँधेको देखिन्छ । यो दिन बिवाहित दिदीबहिनीले आफ्नो माइत गएर वा आफ्नै घरमा समेत बोलाई दाजुभाईलाई राखी बाँध्ने गर्दछन् । निष्ठा र अटुट भाईबहिनीको प्रेमको प्रतिक रक्षाबन्धनको सबैमा हार्दिक बधाई तथा मंगलमय शुभकामना व्यक्त गर्दछौं ।