जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, १० भाद्र
ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुलले भगवान श्रीकृष्णको पुजा भक्ति तथा साँस्कृतिक कार्यक्रम गरेर श्रीकृष्ण जन्माष्टमी मनाएका छन् ।
सो विद्यालयको उपप्रधानाध्यापक सोनी साहले भगवान श्रीकृष्णलाई चन्दन,फुल,माला,फलफुल,मिश्रि,मखान चढाएर विशेष पुजा गर्नु भएको थियो । दिप तथा अगरबती बालि भगवान श्रीकृष्णको आरति समेत गर्नु भएको थियो । सो अवसरमा विद्यालयका शिक्षिका तथा कर्मचारीहरु विशेष पहेलो साडीमा आकर्षक देखिएका थिए । शिशु कक्षादेखि माथिल्लो कक्षाका विद्यार्थीहरु राधाकृष्णको पहिरणमा मनमोहक देखिएका थिए । यसको साथै छात्र तथा छात्राहरुले भगवान श्रीकृष्ण र राधाको गीतमा साँस्कृतिक नृत्य समेत गरेका थिए । केहि क्षणको लागि विद्यालयको प्राङगन भगवान श्रीकृष्णको गोकुल बनेको थियो भने राधा रानीको समेत मथुराको झझल्को देखिएको थियो । विद्यार्थीहरु राधाकृष्णको जोडीमा सजिएर खुशि मुद्रामा देखिएका थिए भने उपस्थित अभिभावकहरु समेत हर्षित देखिएका थिए । यस अवसरमा प्रधानाध्यापक प्रा.पवन कुमार साहले श्रीकृष्ण जन्मोत्सवको अवसरमा सबैलाई हार्दिक बधाई दिनुको साथै उत्तरोत्तर प्रगतिको मंगल कामना समेत गर्नु भएको थियो । कार्यक्रममा विशेष साजसज्जा तथा सृंगारमा शिक्षिका रोशनी यादव,रुचिका यादव,राधा साह लगायतले सहयोग गरेका थिए भने कार्यक्रम संचालन तथा उद्घोषणमा शिक्षक जय मिश्रले सहयोग गरेका थिए ।