जलेश्वर नगरपालिका अन्तर्गत सुगामा ३ दिनदेखि जारी श्रीकृष्णजन्माष्टमी मेला समपन्न – Jaleshwortoday

जलेश्वर नगरपालिका अन्तर्गत सुगामा ३ दिनदेखि जारी श्रीकृष्णजन्माष्टमी मेला समपन्न

 ११ भाद्र २०८१, मंगलवार २२:३०  
4

सोनी साह
महोत्तरी, ११ भाद्र

जलेश्वर नगरपालिका अन्तर्गत वडा नं.—४ मा पर्ने सुगा भवानीपट्टीमा आइतबारदेखि जारी श्रीकृष्णजन्माष्टमी मेला मंगलबार राति समपन्न भएको छ ।
बर्षाैदेखि माटोको श्रीकृष्ण,राधा,गणेश,कार्तिक लगायतका भगवानहरुका मूर्ति बनाएर पुजाआजा गर्ने परम्परा विगत २ वर्षदेखि परिवर्तन भई श्री राधाकृष्ण मन्दिरको भवन तथा पत्थरको राधाकृष्णको मूर्ति निर्माण भए पछि पुजाआजा तथा साँस्कृतिक कार्यक्रम सहितको नाटक मञ्चन गर्ने परम्परा रहिआएको छ । गत वर्ष श्रीकृष्ण मन्दिर जलेश्वर नगरपालिकाको बजेटबाट निर्माण गरिएको थियो ।
यस वर्ष पुजा तथा मेला समितिको अध्यक्ष रन्जीत तिवारी,उपाध्यक्ष सानु महतो,सचिव दिपु राय,कोषाध्यक्ष कमल महतो,सदस्यहरुमा विकास महतो र कमलेश पासमानलाई मनोयन गरिएको थियो ।
आइतबार तथा सोमबार धार्मिक झाँकी,जादुगरको कला,नृत्य तथा नाटक मञ्चन गरिएको थियो । यी दुई दिनहरुमा दर्शकको उपस्थिति न्युन रहने गर्दछ । तर अन्तिम दिन मंंगलबार दिउसो तथा रात्रिमा समेत दर्शकहरु खचाखच भरिएका थिए साँस्कृतिक कार्यक्रम तथा श्री कृष्ण जन्म उर्फ कंश वद्ध नाटक हेर्नको लागि । यो परम्परा कैयौं पिढीदेखि चल्दै आइरहेको छ । पुजा तथा मेला व्यवस्थापनमा आर्थिक तथा भौतिक सहयोग सम्पूर्ण गाउँवासी तथा वडा कार्यालयको रहेको हुन्छ । अहिले वडा नं.—४,सुगाको वडाध्यक्ष हरिश्चन महतो रहेको छ ।
वास्तवमा यो मेलाको आयोजनले समग्र गाउँबासी तथा आसपासका गाउँहरु वीच सुमधुर सम्बन्ध राख्न सफल रहेको देखिन्छ । विभिन्न नाटकहरु मञ्चन गरेर युवा पुस्तालाई अभिनय गर्न मौका प्राप्त हुन्छ भने यसले समाजलाई सहि तथा सत्य संस्कारमा अघि बढन समेत उर्जा प्रदान गरेको देखिन्छ ।

5