रतौली युवा क्लब र वन हर्ट वल्ड वाइडको सहकार्यमा संचालित मातृ तथा नवजात शिशु स्वास्थ कार्यक्रम सम्पन्न – Jaleshwortoday

रतौली युवा क्लब र वन हर्ट वल्ड वाइडको सहकार्यमा संचालित मातृ तथा नवजात शिशु स्वास्थ कार्यक्रम सम्पन्न

 १४ भाद्र २०८१, शुक्रबार २३:१८  
4

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, १४ भाद्र

महोत्तरी जिल्ला आज महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर न पा २स्थित रहेको जिल्ला समन्वय समितीको सभा हलमा जिल्ला स्वास्थ कार्यालय महोतरी को आयोजना र रतौली युबा क्लबको सहकार्यमा कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला समन्वय समितिका सभापति सुमनलाल कर्णको अध्यक्षतामा rhcc / dpac (reproductive health cordination committee )(distric project advisory committee meeting ) कार्यक्रमको आयोजना गरिएको थियो ।

उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिबराम गेलाल, सहायक जिल्ला अधिकारी उपेन्द्र न्यौपाने, गोरखनाथ गण का गण पति प्रमुख सेनानि बिनोद बिकाश पाठक नेपाल प्रहरिका प्रहरी नायब उपरीक्षक सन्तुलाल जैसवार शसस्त्र प्रहरी बलका स प्र ना उ सुधिल श्रेष्ठ, रतौली युवा क्लबका कार्याकारी निर्देशक बैध्यनाथ चौधरि जिल्ला जनस्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख नबल किशोर साह , (ryc) रतौली युवा क्लबका प्रोजेक्ट कोर्डिनेटर राजकुमार महतो , स्वास्थ कर्मी, सन्चारकर्मी लगायतका उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रममा महोत्तरी जिल्लामा मातृ तथा नबजात शिशुको स्वास्थ सम्बन्धि समस्याका समाधान तथा मृत्युदर कसरी कम गर्ने विषयमा गहन रुपमा छलफल भएको थियो ।