बि.एन.एल एण्ड एसोशिएट र टेक्सोफाइनान्स एण्ड बिजनस कन्सल्टीङ्गको संयुक्त आयोजनामा ग्राहक अभिमुखिकरण – Jaleshwortoday

बि.एन.एल एण्ड एसोशिएट र टेक्सोफाइनान्स एण्ड बिजनस कन्सल्टीङ्गको संयुक्त आयोजनामा ग्राहक अभिमुखिकरण

 १५ भाद्र २०८१, शनिबार १७:४४  
7

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, १५ भाद्र

बि.एन.एल एण्ड एसोशिएट र टेक्सोफाइनान्स एण्ड बिजनस कन्सल्टीङ्गको संयुक्त आयोजनामा ग्राहक अभिमुखिकरण कार्यक्रम शनिवार जनकपुरधाम भ्रमरपुरा चौकको क्राउन प्लाजामा समपन्न भएको छ ।कार्यक्रममा कार्यक्रमको अध्यक्षता टेक्सोफाइनान्सको अध्यक्ष अरविन्द साह, विशिष्ट अतिथि बि.एन.एल.एण्ड एसोशिएटको अध्यक्ष वशिष्ट लाभ,अतिथिको रुपमा टेक्सोफाइनान्सको निर्देशक सुभाष कर्णले आसन ग्रहण गरेका थिए ।कार्यक्रममा स्वागत मन्तब्य अध्यक्ष अरविन्द साहले राख्नु भएको थियो । सोही क्रममा वहाँले लेखापरीक्षण गर्दा ग्राहकहरु विभिन्न जिज्ञासाहरुकाबारेमा जानकारी गराउदै कार्यक्रममा सहभागि सबै ग्राहकहरुलाई स्वागत तथा अभिनन्दन गरेका थिए ।कार्यक्रमको संचालन गर्दे सेनियर कन्सल्टेन्ट निरज कर्णले ७ वटा एजेण्डाहरु क्रमश ः परिचय,कर सम्बन्धी जानकारी,मु.अ.कर र अडिटको काममा चाहिने आवश्यक कागजातहरु,कागजातहरु समयमा नआउदा हुने समस्याहरु,नयाँ लागु भएका केहि नियमहरु,लेखापरीक्षण शुल्क सम्बन्धी जानकारी,लोन भएकालाई स्टक,डेब्टर्स,क्रेडिटर्स,सेल्स कति हुनुपर्छ सोको जानकारी माथि कार्यक्रम भरी विशेष रुपमा जानकारी गराउदै ग्राहकहरुका जिज्ञासाहरुको समेत सम्बोधन गरेका थिए ।कार्यक्रममा ग्राहकहरुले समेत आफ्ना प्रश्नहरु प्रष्ट रुपमा राख्न पाएका थिए भने सोको समाधानात्मक विचार निर्देशक कर्णले समेत जानकारी गराएका थिए । आयोजकले आ.व. २०८१।०८२ मा ग्राहकहरुबाट बढी भन्दा बढी सहयोग पाउने तथा सहयोग गर्ने उद्देश्यले अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको बताए । कार्यक्रममा सयौ ग्राहकहरुको उपस्थिति रहेको थियो ।