
पवन कुमार साह
महोत्तरी, ८ माघ
महोत्तरीको जलेश्वरमा राष्ट्रिय अन्तर धार्मिक सञ्जाल नेपाल(एनआईआरएनएन)द्वारा आयोजित कार्यक्रममा सामाजिक कुरितिहरु हटाउँनको लागि धर्मगुरुहरु सहितको ११ सदस्ययी समूहको गठन गरिएको छ ।
अग्रबाल बसेरा लाँज एण्ड होटलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि प्रदेश नं.२ को सामाजिक विकास मन्त्रालयको राज्य मन्त्री अभिराम शर्मा,अतिथि एकडारा गाउँपालिकाको उपाध्यक्ष महजबी खातुन र अतिथि वडा नं.५को वडाध्यक्ष मो. शेराजुद्दिन अंसारीको विशेष उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तब्य मो. समिम अंसारीले राख्नु भएको थियो । कार्यक्रमको संयोजक शेख नाहिदा बानुले कार्यक्रममा उद्घोषण तथा घट््नाहरुका बारेमा विशलेषण तथा सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा योजना अधिकृत आशिष चौधरीले कार्यक्रममा प्र्राविधिक व्यवस्थापन तथा अन्य कुराहरु समेत सहयोग गर्नु भएको थियो । कार्यक्रममा विभिन्न वक्ताहरु हिन्दुबाट हरिनारायण झा,क्रिश्चनबाट जागेश्वर सिंह र मुस्लिम धर्मबाट मो. समिम अंसारीले बालविवाह,दहेज प्रथा,बोक्सी लगायतका सामाजिक कुरितिहरुबारे जानकारी गराउनुका साथै यस्ता समस्याहरु धर्मगुरुहरुले पनि प्रयास गरेमा पक्कै पनि समाधान गर्न सकिने तर्क राख्नुभयो । महोत्तरी जिल्लामा सामाजिक जगेर्नाका लागि ११ सदस्ययी समुहमा अध्यक्षमा हरिनारायण झा,उपाध्यक्षमा मो.समिम अंसारी,सचिवमा पास्टरजागेश्वर सिंह,सदस्यहरुमा उप.प्रा.पवन कुमार साह,रामदयाल पासमान,पा.शुभनारायण सिंह, रामदेव सदा,सकिबुुल खान,अब्दुल अजिज अंसारी,कोसिला देवी साह र सगरा खातुन चयन गरियो । कार्यक्रममा एस.डी.सी.को प्र्रतिनिधि शविराज पन्त,जसपा के.स.अनिसुर रहमान,जसपा के.स.मो.अब्दुुल कादरी अंसारी सहित सयौ जनाको उपस्थिति रहेको थियो ।