मधेसको लागि ठूलो उपलब्धि – Jaleshwortoday

मधेसको लागि ठूलो उपलब्धि

 २३ भाद्र २०८१, आईतवार २३:१८  
Jaleshwor Today Editorial

प्रा.पवन कुमार साह

चिकित्सा शिक्षा आयोगले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि चिकित्साशास्त्रमा स्नातक (एमबिबिएस)का लागि ५० सिट निर्धारण गरे पछि यो ठूलो उपलब्धिको रुपमा सावित भएको छ । यससँगै मधेस प्रदेशमा पहिलो पटक सरकारी तहमा चिकित्साशास्त्रतर्फ उच्च शिक्षाको अध्यापन हुने भएको छ । मधेस प्रदेश सरकारका मुख्यमन्त्री एवं प्रतिष्ठानका कुलपति सतिशकुमार सिंहले कार्यकालको पहिलो दिन नै प्रतिष्ठानमा एमबिबिएसको अध्यापन चाँडै सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेपछि मधेसमा खुशीको लहर चलेको छ । अहिले विज्ञान संकाय पढने विद्यार्थीहरु ज्यादै नै खुशी देखिन्छन् । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा अञ्जनीकुमार झा लगायत सम्बद्ध पदाधिकारीलाई भेटी आवश्यक पूर्वाधार लगायत मापदण्ड पूरा भएकाले प्रतिष्ठानलाई एमबिबिएस पढाइका लागि तत्काल सिट निर्धारण गर्न मुख्यमन्त्री सिंहले आग्रह समेत गरिसकेको छ । प्रतिष्ठानलाई प्राप्त ५० सिट मध्ये ७५ प्रतिशतमा विद्यार्थीले पूर्ण छात्रवृत्तिमा एमबिबिएस पढ्न पाउनेछन् । यो उपलब्धि भनेको मधेस र मधेसी विद्यार्थीहरुका लागि यथेष्ट देखिन्छ । यसको सदुपयोग तथा अवसरको प्राप्तिको लागि प्रत्येक मधेसी विद्यार्थीले प्रयासरत रहन आवश्यक रहेको देखिन्छ ।