नगराईन नगरपालिका अन्तर्गत घोरघासमा २ घरमा चोरी – Jaleshwortoday

नगराईन नगरपालिका अन्तर्गत घोरघासमा २ घरमा चोरी

 २५ भाद्र २०८१, मंगलवार २१:२४  
1

जलेश्वरटुडे समाचारदाता
धनुषा, २५ भाद्र

नगराईन नगरपालिका अन्तर्गत वडा नं.—९ मा पर्ने घोरघासमा सोमबार राति २ वटा घरमा छुट्टाछुट्टै चोरी हुँदा लाखौंको सामानहरु चोरी भएको पिडीत परिवारले बताएका छन् ।
प्रभु साहको छोरा संतोष कुमार साहको घरमा गएराति करिव २ बजेर १० मिनेटमा ७ जनाको समुहमा आएको चोरहरुले २० मिनेट भित्र २० लाख बराबरको सुन तथा चाँदीका गरगहनाहरु चोरी गरेको पिडीत संतोष कुमार साहले जानकारी गराएका छन् । साहको अनुसार राति २ बजे बच्चालाई पानी खुवाएर सुत्न गयौं । करिब आधा घण्टापछि बुवाको चिच्याएको आवाज सुने पछि आफू घर वाहिर निस्कन खोज्दा बाहिरबाट नै ढोका लगाएको कारण बाहिर निस्कन सकेनौ । तर घर भित्रबाट नै चोरचोर हल्ला गरेपछि गाउँलेहरु जम्मा भएका थिए । तर त्यति बेलासम्म चोरहरु भागि सकेका थिए । यता बुबाको समेत ढोका बाहिरबाटै चोरहरुले थुनेको कारण बुवा पनि बाहिर निस्कन नसकेको बताए । त्यसैगरी कान्छो भाई ब्रजेश साह तथा बुहारी सुतेको कोठालाई बाहिरबाटै चुकुल खोली त्यस घरमा भएको ५ तोला भन्दा बढीको सुन चाँदीको गहना तथा कपडा सहितको बाकस नै चोरहरुले लगी बाहिर घरदेखि अलि टाढाको खेतमा कपडा तथा बाकस फालेको अवस्थामा फेला पारेको बताए । साहको अनुसार भाईबुहारीको मुखमा मुर्छित गर्ने स्प्रे छ्यापेर चोरहरुले चोरी गरेको आशंका रहेको बताए । साहले आफ्नो कोठाको ठिक उत्तरपट्टिको कोठामा रहेको दराजमा करिब १५ लाख बरारबरको सुनचाँदी चोरहरुले चोरेको बताए । धेरै बेरसम्म हल्ला गरेपछि भाईबुहारी डराएर घरभित्रैबाट प्रहरीलाई फोन गरेर जानकारी गराए पछि करिव ३ बजेर ३० मिनेटमा फुलगामा चौकीको प्रहरी आइपुगेको बताए ।
साहको अनुसार आफूहरु चोर खोज्न राति नै खोजतलास गर्ने क्रममा हनुमानगर र फुलगामा गाउँ वीचको ठाउँमा करिव २ बजेर ४५ मिनेटमा २ वटा नेपाल जनपथ प्रहरी भेटेको बताए । त्यतिबेला प्रहरीलाई मोटरबाइकको लाईट निभाउन अनुरोध गर्दा पनि लाइट ननिभाई बरु ३ वटा चोरहरुलाई समात्न वडा नं.९ का वडाध्यक्ष राम प्रमोद राउतले लखेट्दा वडाध्यक्ष पैनीमा खसी ती ३ वटा चोरहरु अकौरा तर्फ भाग्न सफल भएको तर प्रहरीहरुले कुनै पनि चासो नदेखाएको आरोप लगाएका छन् । कान्छो भाई ब्रजेश साहले ती जनपथ प्रहरीहरु नेपाल जटही बोर्डरको रहेको तर तिनीहरुको गस्ती गर्ने क्षेत्र नै नरहेको ठाउँमा भेटेपछि प्रहरीको मिलेमतोमा चोरी भएको आशंका गरेका छन् । साहले आफ्नो घरदेखि चोरहरु भागेको ठाउँसम्म मोवाइल वा केहिको बत्ति बालेर चोरहरुलाई भगाएको वा भगाउन सफल भएको बताएका छन् ।
साहको अनुसार त्यही राति आफ्नो घरमा चोरी हुनुभन्दा आधा घण्टा अगाडी सोही गाउँको रामनाथ महतोको घरमा त्यही चोरहरुले करिव ६ लाख बराबरको धनमाल चोरी गरेको बताए ।
चोरहरुले प्रयोग गरेका रड,हसिया,चक्कु तथा च्यातिएको गंजी छरिएको अवस्थामा फेला पारेको साहले बताए । पिडीत परिवारहरुले ती चोरहरु बाहिरको नभई अकौरा आसपासको रहेकोले तिनीहरुलाई समाति क्षतिपुर्ति दिलाईदिन तथा ती चोरहरुलाई कडाभन्दा कडा दण्ड सजाय दिनको लागि अपिल गरेका छन् । साथै यस क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिदिन सरोकारबालाहरुसँग जोडदार माग गरेका छन् ।

2