
जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, २५ भाद्र
शहिद संजय चौधरी स्मृति प्रतिष्ठानले मंगलबार जनकपुरधामको रौनियार धर्मशालाको सभाहाँलमा ९औं स्मृति दिवस मनाएका छन् । शहिद संजय चौधरीको बहिनी ममता चौधरीको अध्यक्षतामा संचालन भएको स्मृति कार्यक्रममा मधेस आन्दोलनको क्रममा मधेसका विभिन्न ठाउँहरुबाट आन्दोलनमा सरिक भएका नेताहरु संविधान सभा सदस्य डा.विजय सिंह,मधेस प्रदेशको साँसद सुरिता साह,उपेन्द्र महतो,मनिष सुमन,रमण पाण्डेय,रामप्रसाद गिरी,मधेस शहिद प्रतिष्ठानको उपाध्यक्ष राम नरेश यादव,जि.स.स.पूर्व उपाध्यक्ष दिपक झा,मनोज चौधरी,संजय सिंह,संजय यादव,नेत्री विभा ठाकुर,बिन्दु ठाकुर,पुनम झा,प्रा.बालकेश्वर ठाकुर लगायत दर्जनौं मधेस आन्दोलनकारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा वीर शहिद नितु यादव,संजय चौधरी तथा दिलिप यादवको प्रतिमामा फुल तथा अबिर चढाई एक मिनेटको मौन धारण गरी ज्ञात अज्ञात शहिदहरु प्रति श्रद्धाञ्जलि अर्पण गरिएका थिए ।
त्यसैगरी महिला नेत्री विभा ठाकुर,बिन्दु ठाकुर तथा पुनम झाले वीर शहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै आन्दोलनको समयलाई स्मरण गर्दै वीर शहिदले दिएका बलिदानको मूल्य अहिलेसम्म चुकाउन नसकेको तथा उनीहरुको सपना पुरा गर्न मधेसका साँसद तथा मन्त्रीहरुले समेत आवाज उठाउन जरुरी रहेको बताए ।
त्यसैगरी नेता संजय सिंहले समेत वीर शहिद संजय चौधरी आफ्नो नजिकको रातदिन सँगै बस्ने सहकर्मी रहेको बताए । उनको मृत्यु नभई प्रहरीले बुटले हानी नजिकैबाट गोलि हानी हत्या गरेको बताए । त्यसैक्रममा नितु यादव अनि दिलिप यादवको पनि एकै दिन त्यहि समयमा मिल्स एरियामा होलि हानी हत्या भएको भन्दै भक्कानिए ।
कार्यक्रममा उपस्थित प्रदेश साँसद तथा अन्य वक्ताहरुले समेत जवसम्म मधेसले अधिकार पाउदैन तबसम्म मधशी वीर शहिदहरुको सपना पुरा नहुने बताए । त्यसको लागि आफूहरु सदैब तयार रहने तथा काम गर्ने प्रतिबद्धता जाहेर गरे ।