जनकपुरधाममा स्वराज ट्रेक्टरको नयाँ मोडल एन एस एम लन्च तथा ग्राहक अभिमूखिकरण कार्यक्रम समपन्न – Jaleshwortoday

जनकपुरधाममा स्वराज ट्रेक्टरको नयाँ मोडल एन एस एम लन्च तथा ग्राहक अभिमूखिकरण कार्यक्रम समपन्न

 ५ आश्विन २०८१, शनिबार २२:०२  
T4

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, ५ असोज

स्वराज ट्रेक्टरको नयाँ मोडल एन एस एम लन्च तथा ग्राहक अभिमूखिकरण कार्यक्रम शनिवार जनकपुरधामको होटल राजदरवारमा समपन्न भएको छ ।

पानसमा राखिएको दिप सँयुक्त रुपमा प्रज्जवलन गरी कार्यक्रमको उद्घाटन गरिएको थियो । जनकपुरधामको स्वराज ट्रेक्टरको आधिकारिक बिक्रेता सौरभ एग्रो ईम्प्लिमेन्टले जनकपुरधाममा एक कार्यक्रम गर्दै नयाँ मोडल एन एस एम को अनावरण तथा सयौ किसानहरुलाई सो ट्रेक्टरको विशेषताहरुबारेमा जानकारी गराएका छन् ।
सौरभ एग्रो ईम्प्लिमेन्टका प्रबन्ध निर्देशक चन्द्रशेखर अग्रबालको अध्यक्षतामा भएको कार्यक्रममा स्वराज कम्पनीका कन्ट्री हेड प्रदीप जयप्रकाशले यस नयाँ मोडलका विशेषताहरुका बारेमा प्रकाश पारेका थिए । वहाँले यो मोडल अझै आरामदायी र सहज हुने गरी निर्माण गरिएको बताए । व्यवसायिकदेखि घरायसी प्रयोजनसम्मका लागि यसको प्रयोग गर्न सकिने उनले बताए ।

कम्पनीका सर्भिस कन्ट्री हेड तापस पटनायकले पनि स्वराजको मोडललाई स्वराजले नै उछिनेको बताए । स्वराजको प्रतिस्पर्धा आफैसँग भएको उनको भनाई थियो । कम्पनीले ग्राहकको आवश्यक्ता र चाहना बमोजिम एनएसएम मोडल तयार पारेको वहाँले थप्नुभयो ।
आफूले स्वराज ट्रयाक्टरको अधिकारिक बिक्रेताको रुपमा २००५ सालदेखि काम शुरु गरी अहिलेसम्म जहाँबाट भए पनि किसानहरुको समस्याहरुलाई बुझेर समयमै सर्भिसिंगको सेवा समेत छिटोछरितो प्रवाह गरेको बताए । वहाँले बक्तब्यको क्रममा मैले ट्रयाक्टर नबेचेर तपाईहरुलाई आफ्नो छोरी दिएको र म एउटा असल बुबाको रुपमा सम्बन्ध स्थापित गरेको प्रबन्ध निर्देशक अग्रबालले बताए । स्वराज कम्पनीको ५० वर्षको स्वर्ण जयन्ती अवसर पारेर नयाँ एन एस एम मोडल सार्बजनिक गरिएको प्रबन्ध निर्देशक अग्रबालले बताए । वहाँले स्वर्ण उत्सवको अवसरमा ट्याक्टर खरिद गर्नेलाई अनिवार्य रुपमा आकर्षक उपहारको पनि व्यवस्था रहेको बताउनुभयो ।
फ्रिज, स्मार्ट टि.भी र नगद छुटमध्ये एउटा उपहार अनिवार्य रुपमा प्राप्त गर्ने उनले बताए । यसका अलावा पनि चालकको लागि सिलिंग पंखा अथवा पाँच लाखसम्मको दुर्घटना बिमाको व्यवस्था गरिएको जानकारी गराए ।

कार्यक्रममा २ जना किसानहरुले नयाँ मोडेल एन एस एम ट्रयाक्टर नगदै खरिद गरेका थिए भने तिनीहरुलाई प्रबन्ध निर्देशक अग्रबालले गमछा ओढाएर सम्मान गरेका थिए ।
उपस्थित किसानहरुले समेत आफ्ना जिज्ञासाहरु राख्न पाएका थिए भने तिनीहरुको सटिक जवाफ समेत आयोजकले दिएका थिए । कार्यक्रममा पुरानो किसानहरुले आफ्ना बक्तब्य राख्दै अरु ट्रयाक्टर भन्दा स्वराजको ट्रयाक्टर माइलेजदेखि धेरै ठाउँहरुमा राम्रो देखिएको बताए ।

कार्यक्रममा स्वराज कम्पनीको जनकपुरधाम बिक्री प्रबन्धक जितेन्द्र लाल कर्णले कार्यक्रम संचालन तथा उद्घोषण गरेका थिए भने सौरभ एग्रो ईम्प्लिमेन्टको निर्देशक सौरभ अग्रबाल लगायत सो कम्पनीका कर्मचारीहरु तथा पत्रकारको उपस्थिति रहेको थियो । कार्यक्रममा किसानहरुलाई आकर्षक उपहार समेत प्रदान गरिएको थियो ।

0acafb39-a0aa-427d-9f18-51bd57fbf256