जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, ६ असोज
धनुषाको विदेह नगरपालिकामा बालविवाह विरुद्ध र्याली निकालिएको छ ।
विदेह नगरपालिका वडा नं. ९ इटहर्वामा वडास्तरीय बालअधिकार समितिको अगुवाईमा बालविवाह विरुद्ध र्याली निकालिएको हो ।
प्लान इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा आसमान नेपालले संचालन गरेको बालविवाह न्युनिकरण परियोजना अन्तर्गत शुक्रबार इटहर्वा, वैदेही र जागिर टोलमा र्याली गरिएको हो ।
बालविवाह मुक्त वडा घोषणा गर्नको लागि आमनागरिकलाई सचेत पार्ने उद्येश्यले सो र्याली निकालिएको आसमान नेपालका फिल्ड सुपरभाइजर रिंकु साहले बताइन् ।
दु्रत सिकाई केन्द्रका किशोर किशोरी, सदा समुदायका बालबालिकाहरु पनि बालविवाह विरुद्ध आवाज उठाउदै र्यालीमा सहभागि भएका थिए ।
विदेह नगरपालिका वडा नं. ९ का वडाध्यक्ष बृजनन्दन मण्डलको प्रमुख आतिथ्यमा निकालिएको र्यालीमा २० वर्ष पारी विहेवारी लगायतको नारा लगाउँदै वडास्तरीय बालअधिकार समितिका पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो ।
