
जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, ६ असोज
यातायात व्यवस्था कार्यालय, जनकपुरधामका प्रमुखमा धनन्जयकुमार सिंह आएका छन् ।
प्रमुख सिंहले आइतबारदेखि कार्यभार सम्हालेका हुन् । बीरेन्द्र साहको सरुवा भएपछि सिंह कार्यालय प्रमुखको रुपमा जनकपुर आएका हुन् । साहको यातायात व्यवस्था कार्यालय, लहानमा सरुवा भएको छ । उनको आइतबार नै विदाई गरिएको हो ।
साह चार वर्षभन्दा लामो समयदेखि यातायात व्यवस्था कार्यालय जनकपुरधामका प्रमुख थिए ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मधेश प्रदेशले जनकपुरधाम र लहान यातायात व्यवस्था कार्यालय प्रमुखको सरुवा गरेसँगै सिंहको आगमन र साहको बर्हिगमन भएको हो ।
यसअघि घरेलु तथा साना उद्योग कार्यालयका प्रमुखहरुको पनि मुख्यमन्त्री कार्यालयले सरुवा गरिसकेको छ ।
घरेलु तथा साना उद्योग कार्यालय, पर्सामा रहेका सिंहको यातायात व्यवस्था कार्यालय, जनकपुर सरुवा गरिएको हो ।
घरेलु तथा साना उद्योग कार्यालय पर्सामा सिंह दुई वर्षदेखि कार्यालय प्रमुखको हैसियतमा थिए ।
सिंहको कार्यकालमा यातायात व्यवस्था कार्यालय, जनकपुरको बेथिति हट्ने अपेक्षा गरिएको छ ।
उनी मधेश प्रदेशमा अव्वल दर्जाका कर्मचारी मानिन्छ ।