पवन कुमार साह
विरगञ्ज, १३ माघ
विरगञ्ज भारतीय वाणिज्य दूतावासले आज २६ जनवरी २०२१ ई.सं. का दिन प्रत्येक वर्ष झै यस वर्ष पनि ७२ औं गणतन्त्र दिवस मनाएको छ ।
सो अवसरमा भारत लगायत विश्व भरी छरिएर रहेका विभिन्न भारतीय वाणिज्य दूतावास तथा दूतावासहरुमा समेत झण्डा फहराउनुका साथै अतिथि सत्कार तथा साँस्कृतिक कार्यक्रम लगायत अन्य विभिन्न कार्यक्रमहरु गरिएका छन् ।
सोही अवसरमा प्रदेश नं. २ मा समेत विरगञ्ज महावाणिज्य दूतावासले क्लार्कस रिसर्टमा आफ्ना कार्यक्रम कोरोना महामारीको सर्तकताको ध्यान दिदै भव्य रुपमा मनाइएको छ ।
यस कार्यक्रममा प्रदेश नं. २ का ८ वटै जिल्लाहरुबाट विशिष्ट व्यक्तित्वहरुलाई समेत आमन्त्रित गरिएका थिए।
कार्यक्रमको शुरुवात विरगञ्ज वाणिज्यदूतावास उप—प्रमुख रमेश चतुर्वेदीको स्वागत मन्तव्यबाट भएको थियो ।
त्यसैगरी वाणिज्यदूताबास प्रमुख एवं महावाणिज्यदूत नितेश कुमारले समेत आमन्त्रित गणलाई स्वागत गर्नु भएका थिए ।
सोही लगतै प्रदेश २ का सिएम लालबाबु राउत,वाणिज्यदूताबास प्रमुख एवं महावाणिज्यदूत नितेश कुमार,वाणिज्य दूतावास उप—प्रमुख रमेश चतुर्वेदी,प्रदेश नं. २ का प्रधान न्यायाधीश दीपेन्द्र झा,मेयर लालकिशोर साह लगायत उपस्थित उच्च व्यक्तित्वहरुले दीप प्रज्जवलन गरी कार्यक्रमको अधिकारिक शुरुवात गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथि प्र्रदेश २ सिएम लालबाबु राउत,महावाणिज्यदूतवास प्रमुख एवं वाणिज्यदूत नितेश कुमार,वाणिज्य दूतावास उप—प्रमुख रमेश चतुर्वेदी,प्रदेश नं. २ का प्रधान न्यायाधीश दीपेन्द्र झा,मन्त्री योगेन्द्र यादव,माननी सुरिता साह, जनकपुरधाम उमनपाको मेयर लाल किसोर साह,जनकपुरधाम बस व्यवसायिक संघ अध्यक्ष मनोज चौधरी लगायत स्थानिय सिडिओ,एसपी,डिएसपी,मेयर,उपमेयर,लब्ध प्रतिष्ठित व्यक्त्विहरु,स्थानिय विद्यालयका
शिक्षक,शिक्षिकाहरु,विद्यार्थीहरु,कलाकार,साहित्य प्रेमिहरु लगायत वाणिज्यदूतावासका पदाधिकारीहरु तथा कर्मचारीहरु,महोत्तरीबाट जलेश्वर टुडे रा. दैनिक तथा अनलाइनका प्रकाशक तथा प्रधान सम्पादक पवन कुमार साह लगायत अन्य पत्रकारहरु,सुरक्षा निकायहरुका गरिमामय उपस्थिति रहेको थियो । साँझ ५ देखि ७ ः ३० सम्म साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो। सहभागी विद्यालयहरुमा गौतम,भु.पू. सैनिक,नेश्नल ईन्फोटेक,शारदा कला केन्द्र,सेन्ट जेवियर्स,कादम्बरि,दिल्ली पब्लिक स्कुल,डिएभी केडिया स्कुल,विरगञ्ज आर्ट सेकेन्ड्री,ज्ञानदा स्कुल रहेका थिए । सबै विद्यालयहरुले दर्शकहरुलाई मनोरञ्जन प्रदान गर्नुका साथै संदेश समेत दिएका थिए । सहभागि विद्यालयहरुलाई मायाको चिनो तथा आकर्षक उपहार समेत प्रमुख अतिथि तथा अन्य अतिथिहरुबाट प्रदान गरिएका थिए ।
उपस्थित सबैलाई रात्रि भोजमा समेत आमन्त्रित गरिएका थिए । कार्यक्रम संचालक डा.सुजित कुमार र शिखा रञ्जनको सामुहिक प्रस्तुतिले अतिथिहरुले अथाह आनन्द प्राप्त गरेका थिए ।