मधेस प्रदेशका करार स्वास्थ्य कर्मचारीहरुको ३ महिना म्याद थप – Jaleshwortoday

मधेस प्रदेशका करार स्वास्थ्य कर्मचारीहरुको ३ महिना म्याद थप

 २ कार्तिक २०८१, शुक्रबार २१:३४  
IMG-20241018-WA0020

जलेश्वरटुडे समाचारदाता
धनुषा, २ कार्तिक

मधेस प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मधेस प्रदेशका करार स्वास्थ्य कर्मचारीहरुको कार्तिकदेखि ३ महिनाको लागि म्याद थप गरेको छ ।
मधेस प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मधेस प्रदेशका करार स्वास्थ्य कर्मचारीहरुको कार्तिकदेखि ३ महिनाको लागि म्याद थप गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनकपुरधाम नेपालको मिति २०८१।०७।०१ ९ मा मन्त्रिस्तरको निर्णयानुसार ताहाँ निकाय र कार्यालयको (स्वीकृत दरबन्दी तथा विकास समिति तर्फ ) करारमा कार्यरत कर्मचारीहरुको करार सेवामा कार्यरत कर्मचारीहरुको कार्यसम्पादन स्तर मुल्यांकन तथा नयाँ अवधिको करार सम्झौता सम्बन्धि मापदण्ड, २०७८ बमोजिम कार्यसम्पादन स्तर सन्तोषजनक रहेको र ऐ.ऐ.मापदण्डको दफा १८ बमोजिमका कार्यहरु नगरेका कर्मचारीहरुको लागि प्रचलित कानुन बमोजिम सम्झौता नविकरण गरी २०८१ कार्तिक १ देखि तीन (३) महिनाको लागि म्याद थप गर्ने भनिएको छ । यसरी म्याद थप गरे पश्चात रिक्त हुन आउने स्वीकृत दरवन्दी भित्रको पदमा पदपूर्ति गर्नु परेमा रिक्त पदहरुको सम्पूर्ण विवरण खुलाई मन्त्रालयमा पठाउने साथै मन्त्रालयको प्रतिनिधित्व हुने गरि जिल्ला स्तरीय कार्यालयमा पदपूर्ति समिति मार्फत खुल्ला प्रतिस्पर्धाबाट प्रचलित कानुन बमोजिम करार कर्मचारी भर्ना प्रक्रिया (महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारा, पर्सा),सम्पुर्ण मधेस प्रदेश अन्तरगत रहेका जिल्लाहरुमा यसै अवधि भित्र अगाडी बढाउने आदेशानुसार अनुरोध गरेको छ ।आजै जलेश्वर प्रादेशिक अस्पतालका करारमा कार्यरत कर्मचारीहरुले अस्पताल व्यवस्थापन समिति तथा जिल्ला प्रशासन कार्यालय महोत्तरीमा म्याद थपको लागि निवेदन सहित ३ दिनको अल्टिमेटम दिएका थिए । यसरी आजै उनीहरुको पक्षमा निर्णय भई आएकोमा करारका कर्मचारीहरुमा खुशीयाली देखिएको थियो ।