युवाहरूद्वारा आयोजना गरिएको खुला रक्तदान कार्यक्रम सम्पन्न  – Jaleshwortoday

युवाहरूद्वारा आयोजना गरिएको खुला रक्तदान कार्यक्रम सम्पन्न 

 ४ कार्तिक २०८१, आईतवार ०१:२६  
2

गणेश कुमार सिंह

महोत्तरी , ३ कार्तिक

महोत्तरी जिल्ला गौशाला नगरपालिका -१२ कान्तिबजारमा शुभ दिपावली, छठ पर्व तथा समाचकेवाको पावन अवसरमा गौशाला-१२ का स्थानीय युवाहरूको आयोजनामा, मेगा विकास बहुउद्देश्य सहकारी संस्था लि. गौशाला-११, इम्ली बजारको सहयोग र नेपाल रेडक्रस सोसाइटी बर्दिबास उप-शाखाको प्राविधिक सहयोगमा आज भएको युवाहरूद्वारा आयोजना गरिएको खुला रक्तदान कार्यक्रम सम्पन्न  भएको छ।

शनिबार आयोजना गरिएको रक्तदान कार्यक्रममा ४५ युनिट रगत संकलन भएको सुकेश महतोले जानकारी दिए ।अहिले अस्पतालका शैयामा कयौं बिरामीहरु रगतको अभाव भई उपचारमा बाधा भएको भन्ने बिभिन्न सञ्चारमाध्यममा सुनिएको र रगतको अभाव हुन नदिन मद्दत पुगोस भनेर स्थानीय युवा, मेगा सहकारी र रेडक्रस सोसाइटीको समन्वयमा रक्तदान कार्यक्रम आयोजना गरिएको नागेन्द्र सत्याले बताए। शनिबार भएको रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदाताहरुले रगत दान गरेका छन् ।उक्त रक्तदान कार्यक्रममा गौशाला न.पा.विभिन्न वडाका युवा साथी र वडा नं.७ का वडा अध्यक्षले समेत रक्तदान कार्यक्रममा सहभागी जनाउदै गौशाला नगरपालिकाका -१२ का स्थानीय युवाहरुको साथ सहयोगमा कार्यक्रम गरिएको थियो।