रवि र छविलाई एक साथ आज अदालत उपस्थित गराइँदै - Jaleshwortoday

Blackpool slots

  1. Wanabet Casino Login App Sign Up: These options include Neteller, Eco, Skrill, MasterCard and many more.
  2. Touch Casino Login App Sign Up - Something we should point out here is that are effectively two different types of gambling sites accept this digital currency.
  3. United Kingdom Casino Guide Website: The bonus options in the form of real money and free spins are enormous at Johnny Kash casino.

Free 3d roulette

57 Bingo Sites New Zealand
This will activate your new account, and the whole process should be completed in just a few minutes.
Best Online Slots With Highest Rtp
Ensure you understand all the terms first.
Our Mansion casino online review will tell you more about the availability of options, payment methods, and other important aspects that differ a quality site from an average one.

Free gambling money in Sydney

Is The Online Casino Real
These include some of the biggest and most popular names around, like NetEnt, Red Tiger Gaming, and Microgaming.
No Deposit Welcome Bonus Online Casinos Australia
The Trojan Horse is next on the paytable, granting 3 coins, 100 coins, 500 coins and 1250 coins for 2, 3, 4 and 5 matching symbols respectively.
Casino Online Uk Real Money

रवि र छविलाई एक साथ आज अदालत उपस्थित गराइँदै

 ८ कार्तिक २०८१, बिहीबार ०८:३७  
1

जलेश्वरटुडे समाचारदाता
पोखरा, ८ कार्तिक

पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने र पूर्व डिआइजी छविलाल जोशीलाई आज एकसाथ कास्की जिल्ला अदालतमा उपस्थित गराइँदै छ ।

छविलाललाई गत असोज ६ गते पक्राउ गरी पोखरा ल्याइएको थियो भने रविलाई गत शुक्रबार काठमाडौंमा पक्राउ गरी रातारात पोखरा ल्याइएको थियो ।

उनीहरुमाथि अनुसन्धानका लागि थपिएको म्याद आज सकिने भएपछि एकसाथ अदालतमा उपस्थित गराउन लागिएको प्रहरी स्रोतले जनाएको छ ।

गत शुक्रबार रवि पक्राउ परेकै दिन पूर्व डिआईजी छविलालको गत असोज १७ गतेबाट लागु हुने गरी २० दिनको म्याद थप भएको थियो । कास्की जिल्ला अदालतमा आइतबार उपस्थित गराइएका रविको पक्राउ परेकै दिन शुक्रबारबाटै लागु हुने गरी ६ दिनको म्याद थप भएको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीमा सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलन गरेको भन्दै गोर्खा मिडिया प्रालिका पूर्व प्रबन्ध निर्देशक रवि लामिछाने, सञ्चालक छविलाल जोशीसहित १८ व्यक्ति र संस्थाविरुद्ध किटानी जाहेरी परेको थियो । यही प्रकरणमा गोर्खा मिडिया प्रालिका तत्कालीन अध्यक्ष जीबी राई भने फरार छन् ।

गोर्खा मिडियामार्फत सहकारीको रकम अपचलन भएको भन्दै सहकारी ठगी र दुई वा दुईभन्दा बढी समूह मिलेर रकम दुरुपयोग भएको भन्दै रवि र छविविरुद्ध संगठित अपराधको मुद्दा लगाइएको छ ।

पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपाले त्यसलाई राजनीतिक प्रतिशोध भनेको छ र सिंगो पार्टी पंक्ति पोखरा उतारेर विरोध प्रदर्शन गरिरहेको छ ।

रास्वपाले आज पनि रत्नचोक नजिकैको वाई चोकमा कार्यकर्तालाई प्रदर्शनका लागि उपस्थित हुन आह्वान गरेको छ । जिल्ला अदालत, जिल्ला प्रशासनलगायत सरकारी कार्यालयहरु रहेको शहीद चोक क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएपछि सोही चोक छिर्ने अर्को चोकमा रास्वपाले प्रदर्शन गर्न लागेको हो ।

सूर्यदर्शन सहकारीबाट ५ करोड ५८ लाख ९ हजार रुपैयाँ गोर्खा मिडियामा गएको देखिन्छ । जीबी राई नेतृत्वको देशभरका सहकारीबाट ६५ करोड प्रत्यक्ष रुपमा गोर्खा मिडिया नेटवर्कमा गएको देखिन्छ ।

रविले सूर्यदर्शन सहकारीबाट १ करोड रुपैयाँ लिएर गोर्खा मिडियाको नाममा ऋण मिलान गरेको वित्तीय प्रतिवेदनमासमेत उल्लेख छ । सहकारी ठगी प्रकरणमा रविसहित माओवादी केन्द्रका विद्यार्थी नेता दिपेश पुनसहित व्यक्ति र संस्था गरी १८ जनाविरुद्ध पीडितले पूरक जाहेरी दिएका थिए ।

पूर्वअध्यक्ष ज्ञानबहादुर बम्जन, नेचर हब प्रालि, गोर्खा मिडिया प्रालि, वारिसान इन्फर्मेसन टेक्नोलोजी, स्प्रिङ उड रियल स्टेट, गोर्खा ग्रुप इन्भेस्टेन्ट, गोर्खा आयुर्वेद प्रालिलगायतलाई विपक्षी बनाएर उनीहरुले पुरक जाहेरी दिएका थिए ।

त्यसअघिकै जाहेरीका आधारमा सूर्यदर्शन सहकारीबाट करिब डेढ अर्ब रकम हिनामिना गरेको आरोपमा प्रहरीले गत साल भदौ २४ गते १९ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । पटकपटक गरेर सूर्यदर्शन सहकारी प्रकरणमा ४४ जनालाई पक्राउ पुर्जी जारी गरिएकोमा शुक्रबारमात्र रविसहित १४ जनाविरुद्ध थप पक्राउ पुर्जी जारी भएको छ ।

उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्व सञ्चालक महेन्द्र भोटे, भविश्वर आचार्य, पूर्व सञ्चालक समिति सदस्य प्रमोद भट्टराई पनि पुर्पक्षका लागि थुनामै छन् ।