नेपाल नगरपालिका कर्मचारी एसोसिएसन केन्द्रीय समितिको पाँचौं पूर्ण बैठक सम्पन्न – Jaleshwortoday

नेपाल नगरपालिका कर्मचारी एसोसिएसन केन्द्रीय समितिको पाँचौं पूर्ण बैठक सम्पन्न

 १० कार्तिक २०८१, शनिबार २१:५१  
1

जलेश्वरटुडे समाचारदाता
जलेश्वर, १० कार्तिक

जलेश्वरटुडे समाचारदाता
जलेश्वर, १० कार्तिक

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका वडा नं। २ स्थित जिल्ला समन्वय समितिको सभा हलमा नेपाल नगरपालिका कर्मचारी एसोसिएसन केन्द्रीय समितिको पाँचौं पूर्ण बैठक सम्पन्न भएको छ । जलेश्वर नगरपालिकाका नगर प्रमुख सुरेश साह सोनारको प्रमुख आतिथ्यता र डम्बर रोगुको अध्यक्षतामा नेपाल नगरपालिका कर्मचारी एसोसिएसनको बैठक सम्पन्न भएको छ।
उक्त दुई दिवसीय कार्यक्रममा जलेश्वर नगरपालिकाका उप प्रमुख रोशन खातुन, प्रमुख प्रशासकीय अधिकृत जयकुमार शाह, नेपाल नगरपालिका कर्मचारी एसोसिएसन केन्द्रीय समिति मधेश प्रदेशका अध्यक्ष अजय कुमार शर्मा,मनरा सिस्वा नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत राजेश कुमार शर्मा, वरिष्ठ उपाध्यक्ष बद्रीनाथ नगरकोटी, उपाध्यक्ष जमुना कुमारी भुजेल, महासचिव सेतु प्रसाद श्रेष्ठ उपमहा सचिव चित्रबहादुर विश्वकर्मा, सह कोषाध्यक्ष खगेन्द्र प्रसाद खतिवडा, प्रदेश नम्बर १ को अध्यक्ष त्रिलोचन पौडेल, बागमती प्रदेश अध्यक्ष निरन कुमार श्रेष्ठ, गण्डकी प्रदेश अध्यक्ष अरुण पौडेल, लुम्बिनी प्रदेश अध्यक्ष राजनकुमार केसी, सुदूरपश्चिम प्रदेश अध्यक्ष लालमन तामाङ, कर्णाली प्रदेश अध्यक्ष किशोर पौडेल, केन्द्रीय सदस्य चन्द्रप्रभा उपाध्याय, सम्मान तामाङ, सुनिल कुमार यादव सहितको उपस्थिति रहेको थियो।