जलेश्वरटुडे समाचारदाता
जलेश्वर, १२ कार्तिक
महोत्तरी जिल्लाको जलेश्वर नप ०४ स्थित सुगामा श्री सुकदेव मा. वि. प्राबिधिक शिक्षालय महोत्तरीद्वारा आयोजित वडाका वडाध्यक्ष तथा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष हरिशचन्द्र महतोको सभापतित्वमा कक्षा १२ का बिद्यार्थीहरुको फेयरवेल तथा नव निर्मित पुस्तकालय भवन समुद्घाटन गरिएको छ ।
कार्यक्रमको प्रमुख अतिथि मधेस प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री रानि शर्मा तिवारी, शिक्षा तथा संस्कृति मन्त्रालयको सचिव दिलिप कुमार ठाकुर, शिक्षा बिकास मन्त्रालयका निर्देशक ठूलो बाबू दहाल, यस वडाका वडाध्यक्ष हरिशचन्द्र महतो, ने.क.पा. एमालेका नेता राम आधार कापर, ऐ. बिद्यालयका प्रधानाध्यापक कृष्ण चन्द्र चौधरी, शिक्षक शिक्षिका, अभिभावक तथा बिद्यार्थी सहित ठूलो संख्यामा उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि मन्त्री तिवारीले श्री शुकदेव मा.बिद्यालयलाई नमुना विद्यालय बनाउन प्रयासरत रहेको बताउनु भयो । त्यस्तै अतिथिहरुले पनि आफ्नो मन्तव्य व्यक्त गर्दा शिक्षामा जोड दिदै आ—आफ्नो मन्तव्य प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रम बिच कक्षा १२ पास गरेका बिद्यार्थीहरुलाइ प्रमुख अतिथिद्वारा मायाको चिनो प्रदान गरिएको थियो ।
