कोभिड १९ खोप अभियान अन्तर्गतस्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बेलुका ५ बजेसम्म ६४ जिल्लाका ९३ खोप केन्द्रहरुमार्फत ९ हजार ८४ जनाले खोप लगाएका हुन् ।
प्रदेश २ को आठ जिल्लामा ७ सय २६ जनाले खोप लगाएका छन् ।
यस्तै प्रदेश १ मा १२५५, वाग्मतीमा २६९४, गण्डकीमा १८४३, लुम्बिनीमा ७३३, कर्णालीमा ७५१ र सुदूरपश्चिममा १०८२ जनाले खोप लगाएको म्न्त्रालयले जनाएको छ ।