उकाली ओराली पार गर्दै बडो हर्षको साथ भन्नु पर्दा जलेश्वर टुडे राष्ट्रिय दैनिक पत्रिका आज १२ औं वर्षमा प्रवेश गरेको छ । यस सुखद अवसरमा यहाँसम्म पुग्न सहयोग गर्ने सबै कृपालु हातहरु(पाठक,सरकारी तथा गैरसरकारी विज्ञापनदाता,पत्रकार,कर्मचारी तथा शुभेच्छुक)प्रति आभार प्रकट गर्न चाहन्छु । आज म ति सबै ऐतिहासिक सहयोगी साथीहरुलाई स्मरण गर्न चाहन्छु जसले यस पत्रिकालाई संचालन तथा प्रबद्र्धन गर्नमा अहम भूमिका निर्वाह गर्नु भएका थिए ।
छठ्को एक दिन पूर्व पर्न गएको जलेश्वर टुडे राष्ट्रिय दैनिक पत्रिकाको १२ औं वार्षिकोत्सवको अवसरमा सम्पूर्ण पाठक,सरकारी तथा गैरसरकारी विज्ञापनदाता,पत्रकार,कर्मचारी,शुभेच्छुक तथा ब्रतालुहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
अहिले नेपाल आर्थिकमन्दी,राजनैतिक अस्थिरता,दलिय स्वार्थले ग्रसित बहुसंख्यक राजनीतिक जमात,राष्ट्रियता र राष्ट्रिय विकासका मुद्दादेखि टाँढीएको परिवेशबाट गुज्रिरहेको छ । देशका कर्मठ तथा देश बनाउने अधिकांश युवा तथा पुरुषहरु विदेशीएका छन् । देशमा औद्योगिकरण तथा नीजिकरणको अभावमा बेरोजगारी तथा गरिवी अहिले पनि सर्बत्र देखिन्छ । अहिले पनि देशलाई सहि दिशामा डोरयाउन सहि नेतृत्वको खाँचो रहेको देखिन्छ । देशमा व्याप्त भ्रष्टाचार,सुशासन तथा विधिको शासनको अभावको कारण जनताले पाउनुपर्ने हक तथा अधिकारबाट बञ्चित रहेको देखिन्छ । ठूला दलहरुले साना दलहरुलाई सिध्याउने षडयन्त्रका कारण देशमा लोकतन्त्र,गणतन्त्र तथा प्रजातन्त्रको जग भए पनि जनता त्रसित तथा भयभित देखिन्छ । हाम्रा छिमेकी देश बंगलादेश तथा श्रीलंकामा जनआकाँक्षा तथा जनविद्रोहका कारण आमूल परिवर्तन आएको उदाहरण देख्न सकिन्छ ।
आशा गरौं,नेपाल पनि एक स्वर्णिम नेतृत्व तथा जनमूखि व्यवस्था पाओस् । यहाँ पनि देखिएका विभिन्न अभावहरु समाधान भएर जाउन् ।
जलेश्वरनाथको कृपा तथा आशिर्वाद उन्नति तथा प्रगतिको लागि सबैलाई प्राप्त होस् भनि कामना समेत गर्दछु । अन्त्यमा लोक आस्थाको पर्व छठ् तथा सामाचकेवाको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु ।
जय जलेश्वरनाथ । जय जलेश्वर टुडे ।।
