नेपालले मिस अर्थको प्रतिस्पर्धामा अन्तिम २० मा स्थान बनाउन सकेन – Jaleshwortoday

नेपालले मिस अर्थको प्रतिस्पर्धामा अन्तिम २० मा स्थान बनाउन सकेन

 २४ कार्तिक २०८१, शनिबार २२:००  
2

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, २४ कार्तिक

फिलिपिन्सको मनिलामा जारी मिस अर्थ २०२४ बाट नेपाल बाहिरिएको छ । नेपालले अन्तिम २० मा स्थान बनाउन सकेन । फिनालेमा मिस नेपाल अर्थ सुमना केसीले प्रतिस्पर्धा गरिरहेकी थिइन् ।

मनिला पुगेका द हिडन ट्रेजरका निर्देशक प्रमोद कंशाकारले पनि नेपालले अन्तिम २० मा स्थान बनाउन नसकेको बताए ।

अष्ट्रेलिया, वेल्स, अमेरिका, नाइजेरिया, दक्षिण कोरिया, रुस, डोमिनिकन रिपब्लिक, मौरिसस, फिलिपिन्स, आइसल्याण्ड, पुएर्तो रिको, कार्बो भिर्दे, युएई, नेदरल्याण्ड्स, पेरु, नामिबिया, थाइल्याण्ड, न्युजिल्याण्ड, क्युवा र पोल्याण्ड अन्तिम २० मा प्रवेश गरेका छन् ।

यसवर्षको विजेतालाई वर्तमान मिस अर्थ द्रिता जिरीले ताज हस्तान्तरण गर्नेछिन् ।