जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, २६ कार्तिक
हिसान,प्याब्सन र एनप्याब्सनले सोमबार जनकपुरधाममा पत्रकार सम्मेलन गरी जनकपुरका सम्पूर्ण संस्थागत विद्यालयहरू अनिश्चितकालका लागि बन्द गर्ने दिएको अभिव्यक्ति प्रति मधेस प्याब्सनको ध्यानाकर्षण भएको छ । धनुषा जिल्ला अध्यक्ष सुजित मिश्रको अनुसार यस निर्णय सन्दर्भमा मधेस प्याब्सनको कुनै संलग्नता नरहेको सरोकारबालाहरुलाई जानकारी गराउन चाहन्छौं । मधेस प्याब्सन पनि २०७२ सालमा विधिवत रुपमा स्थापित निजी विद्यालयहरुको हकहितको लागि संचालन भएको संस्था हो । विद्यालय एक शान्ति क्षेत्र भएको कारण यस क्षेत्रमा बन्द र हडताल नभई विद्यार्थीहरुको पठ्नपाठ्न हुनुपर्नेमा हाम्रो जोड छ । वर्तमान समस्यालाई आपसी वार्ता र सम्बादबाट टुंग्याउन सकिन्छ भन्ने हाम्रो विश्वास रहेको छ अध्यक्ष मिश्रले थप्नुभयो ।