जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, २७ कार्तिक
कार्तिक महिनामा प्रत्येक वर्ष जस्तै यस वर्षपनि कवि कोकिल विद्यापति स्मृति पर्वको आयोजन गरिएको छ । कार्तिक २८ गते बुधवार (भोली) मैथिलीका महान कवि विद्यापतिको स्मृति पर्वको सम्पूर्ण तैयारी भएको विद्यापति ट्रस्टका सचिव शैलेश चाैधरी (सोना) ले जनाएका छन् । जनकपुर स्थित विद्यापति चौकमा पुस्पवृष्टी र चौक मैं रहेको दुर्गा मन्दिरमा एक दिवसीय स्मृति पर्वको सम्पूर्ण कार्यक्रम हुने सोनाको तर्क छ।
बुधवार विहान ११ बजे देखि साँझ ८ बजे सम्म विभिन्न कार्यक्रमको आयोजन गरी यस पटक एकदिने कार्यक्रमको आयोजन हुन लागेको ट्रस्टका अध्यक्ष दिपक कुमार झाले बताए । विहान ११ बजे विद्यापतिको शालिकमा पुस्पवृष्टी , दुर्गा मन्दिरमा कवि गोष्ठी , प्रमुख अतिथिको आगमन पछि औपचारिक कार्यक्रम र त्यसपछि विभिन्न विद्यालयका छात्र-छात्रद्वारा विद्यापतिबारे वक्तृत्वकला हुने झाले बताए । साँझ ७ बजेदेखि विद्यापतिको रचना र संगीतमाथि
गीतनाद मिथिला नाट्यकला परिषद्का कलाकारहरुले प्रस्तुत गर्ने कार्यक्रम रहेको दिपकले बताए ।
कार्यक्रममा कवि, साहित्यकार, कालाकारहरुलाई विशेष स्थान दिएर बोलाइएको ट्रस्टले जनाएको छ ।
कार्यक्रममा यस क्षेत्रका राजनीति कर्मीहरुलाई समेत बोलाइएको छ । कार्यक्रमको प्रमुख अतिथिको रुपमा नेपाली कांग्रेसका पूर्व उपसभापती प्रतिनिधि सभा सदस्य विमलेन्द्र निधी आउन लागेको ट्रस्टले सामाजिक सञ्जाल मार्फत गराएको छ ।
दिपकले भने, विद्यापति हामी सबैको आदर्श कवि भएकोले यस कार्यक्रममा उपस्थित हुन समस्त नगरवासीलाई आग्रह गर्दछु ।’