" >
जनकपुरधाम उपमहानगरको ललिपपको कारण विद्यालयहरु हड्तालमै - Jaleshwortoday

जनकपुरधाम उपमहानगरको ललिपपको कारण विद्यालयहरु हड्तालमै

 ४ मंसिर २०८१, मंगलवार २३:३७  
3

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, ४ मंसिर

जनकपुरधााम उपमहानगरपालिकाले मंसिर २ गते जारी गरेको वार्तामा वस्न आउन देखाएको ललिपपको कारण विद्यालयहरु हडतालमै देखिएका छन् ।वार्तामा कहिले,कुन ठाउँमा,को—को बस्ने लगायतका विषयहरु प्रष्ट नदेखिएकोले आन्दोलनरत विद्यालयहरुले यसलाई ललिपप बुझेका छन् । कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीसँग मनोमानी शुल्क उठाउने गरेको भन्दै विद्यार्थीहरू सोमबारदेखि आन्दोलनमा उत्रेका हुन् । संस्थागत विद्यालयको कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीको अन्य शुल्कको विषयमा जनकपुरधाम उपमहानगरपालिकाले १४ कात्तिकमा गरेको निर्णय कार्यान्वयन गर्नुपर्ने उनीहरूको माग छ । मंगलबार उनीहरूले प्लेकार्डसहित सडकमा टायर बालेर प्रदर्शन गरेका छन् । तर, यो निर्णय कार्यान्वयन नगर्ने अडानमा संस्थागत विद्यालयहरू रहेका छन् । यसलाई लिएर हिसान, मधेस प्याब्सन,प्याब्सन र एनप्याब्सनले संयुक्तरूपमा सोमबारदेखि अनिश्चितकालीन शैक्षिक संस्था बन्दको आह्वान गरेको छ । १३ भदौ २०८१ मा उपमहानगरको छात्रवृत्ति वितरण व्यवस्थापन समितिले गरेको निर्णय अनुसार नै शुल्क, मासिक शुल्क र परीक्षा शुल्क बाहेक अन्य शुल्क लिन सक्ने व्यवस्था रहेकाले सो बमोजिम नै लिन पाउनु पर्ने विद्यालयहरूको माग छ ।