जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, ५ मंसिर
सोमबारदेखि जनकपुरधाममा आन्दोलित पक्षहरुलाई बिहिबार दिउँसो २ बजे बोलाएको छ ।
हिसान,मधेस प्याब्सन,एन प्याब्सन तथा प्याब्सनलाई जनकपुरधाम उपमहानगरपालिकाले बुधबार नै छुट्टाछुट्टै चिठी पठाई २ जना प्रतिनिधित्व हुने गरी सार्थक वार्ताको लागि पालिकामा शिक्षा तथा खेलकुद विकास शाखा प्रमुख(मा.) अन्जु पाण्डेयले बोलाएको छ । वार्तामा कक्षा ११ र १२ का विद्यार्थीहरुका छात्रबृत्ति,शिक्षा कार्यविधि,कक्षोन्नति, नयाँ विद्यालय दर्ता तथा कक्षा ८ को वार्षिक परीक्षा सम्बन्धी विषयहरुमा छलफल गरी ठोस निर्णय लिइने स्रोतले बताएको छ ।
