जनकपुरधाम उपमहानगरपालिकाभित्र चुलिएको शैक्षिक हडतालले शिक्षासँग सरोकार राख्ने विद्यार्थी,शिक्षक,अभिभावक तथा संचालकहरुलाई आहात भएको छ । कक्षा पिजीदेखि कक्षा १२ सम्मका शैक्षिक प्रतिष्ठानहरु हडतालमा होमिए पछि अभिभावक तथा विद्यार्थीहरु ज्यादै नै चिन्तित देखिन्छ । यिनीहरु मेयर साहेबको निर्णयको पर्खाईमा रहेका देखिन्छन् । सोमबार मंसिर ३ गतेदेखि शुरु भएको हडताल आज मंसिर ७ गते पाँचौ ंदिन वित्दै छ तर अहिलेसम्म कहिले शिक्षालयहरु खुल्ने हो आश देखिदैन । बिहिबारप्रथम दिनको संस्थागत विद्यालयहरु र जनकपुरधाम उपमहानगरपालिका वीच भनिएको सार्थक वार्ता निष्कर्षबिहीन अवस्थामा पुगेर टुंगिएको छ मेयर साहेव । यसरी वार्ताको रुपरेखा रह्यो भने यो वार्ता अझै लम्बिएर विद्यार्थीहरुको पठनपाठन ज्यादै नै बिग्रिने देखिन्छ । यसबाट समग्र जनकपुरधामको शैक्षिक अवस्था विग्रिने चिन्ता बढेको छ मेयर साहेव । अहिले कुनै राजनैतिक,सामाजिक वा व्यक्तिगत प्रभाव र दबाबमा नपरी विद्यार्थीहरुको भविष्य निर्माणमा अहोरात्र खटेका जनकपुरधामका संस्थागत विद्यालयहरु र विद्यार्थीहरुको माँगलाई सन्तुलित रुपमा समाधान गरी यस पालिकाको गरिमा र जनकपुरधामको पुरानो शैक्षिक ईतिहासलाई जोगाउन आवश्यक रहेको छ मेयर साहेव । महँगो र चौतर्फि परिवेशलाई ख्याल गरी सबैको हित हुने किसिमको निर्णयलाई आत्मसात गरी वार्तालाई विहानै शुरु गरेर निर्णायक बनाउनु तपाईकै भूमिका रहने छ।