" >
जनकपुरधामका विद्यालय खोलाउन अझै मेयर साहको आग्रह - Jaleshwortoday

जनकपुरधामका विद्यालय खोलाउन अझै मेयर साहको आग्रह

 १० मंसिर २०८१, सोमबार ००:०७  
Manoj

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, ९ मंसिर

जनकपुरधामका बन्द विद्यालयहरु खोलाउन अझै ंमेयर मनोज कुमार साहले आग्रह गरेको छ । मेयर साहले आइतबार संचालनमा राखेका नीजि विद्यालयहरुलाई धन्यवाद दिदै अन्य आन्दोलनरत संगठनलाई संस्थागत विद्यालयबाट वार्तामा माग भएका विद्यालय वर्गीकरण तथा शुल्क निर्धारण,निःशुल्क छात्रबृत्ति सम्बन्धी कार्यविधि,कक्षा अपग्रेड,नयाँ दर्ता र कक्षा ८ का आधारभूत तह परीक्षा समितिमा नियमानुसार आमन्त्रण गरिने सम्बन्धी अगामी दिनमा वार्ता,सम्बाद र सहकार्यबाट समस्या सामाधान गर्न तयार रहेको बताउनु भयो ।
यता हिसान,एनप्याब्सन,प्याब्सन र नेपाल प्याब्सनद्वारा हस्ताक्षरित विज्ञप्तिमा विद्यालय बन्दको कार्यक्रम फिर्ता नलिई सोमबार पनि विद्यालयहरु ठप्प राख्ने लेखिएको छ । सामाजिक संजालहरुमा विद्यालय खोलाउन सबै पक्षहरुबाट दबाब आएको देखिन्छ ।