लोसपाले उम्मेदवारै पाएन्, जसपा र जनमतको प्रतिष्ठा दाउमा - Jaleshwortoday

Best free slot sites

  1. New No Deposit Bingo And Slots: Since the element of wasting time on creating an account is omitted, you can easily play for real money whenever you feel like it, and instantly cash out your winnings afterward.
  2. Real Slots Games Canada - The RTP in the game is above 95%, so every player can count on generous payouts.
  3. Og Casino Login App Sign Up: Of course, APT offers a variety of tools to help you prepare for the 2024 WSOP.

Treasure island cryptocurrency casino red wing au

Online Casino Top Ten
Designed to cater to the needs and whims of the most active players, it is open to members with higher loyalty levels.
No Deposit Bonus Video Slots
Sometimes you don't have to have big and complicated mechanics in order to have fun.
The platform has a simple and elegant design.

Crypto Casino net program

Canada Casino Slots Online
EuSlot Casino offers multiple online banking options that will come in handy when making deposits.
Weplayers Casino No Deposit Bonus 100 Free Spins
This will work more times than not, and it can put you in the winning position right from the get-go.
All Things To Scope Out In The Casino

लोसपाले उम्मेदवारै पाएन्, जसपा र जनमतको प्रतिष्ठा दाउमा

 १३ मंसिर २०८१, बिहीबार ००:१०  
1747509-2023-02-18

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, १२ मंसिर

यही मंसिर १६ गते मधेशका सात वडामा हुने उपचुनावमा मधेश केन्द्रित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले उम्मेदवारी दिएको छैन् ।

मधेश प्रदेश सरकारमा सहभागी लोसपाले उपचुनावमा उम्मेदवार उठाउन सकेको छैन् । २०७९ को स्थानीय चुनावमा प्रतिष्ठा जोगाउन नसकेपछि लोसपाले २०८१ को उपचुनावमा उम्मेदवार नै उठाएन् । धनुषाको धनुषाधाम नगरपालिका–१,

सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ र ४, महोत्तरीको रामगोपालपुर नगरपालिका–२, रौतहटको ईशनाथ नगरपालिका–७, राजपुर नगरपालिका–६ र रौतहटकै गढीमाई नगरपालिका–८ मा उपनिर्वाचन हुन लागेको हो ।

मधेश प्रदेशमा एक निलम्बितसहित ९ जना सांसद रहेको लोसपाका सबैभन्दा बढी महोत्तरीबाट छ । महोत्तरीबाट प्रत्यक्षतर्फ तीन जना निर्वाचित छन् भने तीन जना समानुपातिक छन् ।

महोत्तरीको रामगोपालपुर नगरपालिका–२ मा हुन गइरहेको उपचुनावमा उम्मेदवारसमेत उठाउन सकेको छैन् । लोसपाबाट प्रदेश सरकारमा गएका रानी कुमारी तिवारीले शिक्षा तथा संस्कृति मन्त्रालयको जिम्मेवारी सम्हालेकी छन् । उनी विवाहपंचमीको तयारीमा व्यस्त छिन् भने पार्टीका अन्य नेताहरुले पनि संगठन कमजोर देखेर उम्मेदवार उठाउनेतर्फ चासो लिएका छैनन् ।

मधेशमा भइरहेको उपचुनावमा उम्मेदवार उठाउन नसक्नु पार्टीको त्रुटि रहेको लोसपा मधेश प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले बताए ।

यसप्रकारको त्रुटि नहुनुपर्ने हो, प्रदेशसभा सदस्य समेत रहेका सोनलले भने–यसबारे आगामी बैठकमा छलफल हुन्छ । मधेशलाई केन्द्र मानेर राजनीति गरेपनि अघिल्लो समय लोसपाले जिल्ला, नगरदेखि प्रदेश समितिको अध्यक्षसम्म मनोनित गरेका थिए । वडा र पालिकास्तरमा लोसपाको संगठन नहुँदा चुनावबाट पछि हटेको हो ।

चुनावमै भाग नलिएपछि म्यासेज राम्रो नगएको अध्यक्ष सोनलले स्वीकारे ।

उम्मेदवार नै नउठाएपछि लोकतान्त्रिक समाजवादी पार्टी चुनावी रिंगबाट पहिला नै आउट भइसकेको छ ।

जनता समाजवादी पार्टी, नेपाल र मधेश प्रदेश सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीले सात मध्ये ६÷६ वटा वडामा उम्मेदवारी दिएको छ ।

जसपा नेपालले रौतहटको राजपुर नगरपालिकाको वडा नं. ६ मा अध्यक्ष पदका लागि भइरहेको उपचुनावमा उम्मेदवार नै उठाएको छैन् । राजपुर–६ बाहेक अन्य सबै वडामा पार्टीका उम्मेदवार बलियो अवस्थामा रहेको जसपा नेपालका मधेश प्रदेश अध्यक्ष बालकिशोर यादवले बताए । ६ मध्ये जसपा नेपालले कम्तीमा ४ वटा वडामा जीत निकाल्ने दावी अध्यक्ष यादवले गरे ।

जसपा नेपालले २०७९ को स्थानीय चुनावमा रौतहट गढिमाई नगरपालिका–८ को अध्यक्ष जितेको थियो । उपचुनावमा ती वडाबाट जसपा नेपालले संदेश प्रसाद यादवलाई उम्मेदबार बनाएको छ । रौतहटकै इशनाथ नगरपालिका–७ बाट जसपा नेपालले शेष अब्दुल अहमदलाई उम्मेदवार बनाएको हो भने महोत्तरीको रामगोपालपुर नगरपालिका–२ बाट मो. नजामुद्दिन खानलाई चुनावी मैदानमा उतारेका छन् । धनुषाधाम–१ बाट अजयकुमार यादव, डाक्नेश्वरी–१ मा धिरेन्द्रकुमार साह र वडा नं. ४ मा देवेन्द्र प्रसाद यादवलाई उम्मेदवार बनाएको हो ।

मधेश प्रदेश सरकारको नेतृत्व गरिरहेको जनमत पार्टीले महोत्तरीको रामगोपालपुर नगरपालिकामा उम्मेदवार उठाउन सकेको छैन् ।

धनुषाधाम–१ बाट जनमतले कुशेश्वर मण्डललाई उम्मेदवार बनाएको छ ।

२०७९ को निर्वाचनमा जनमतबाट उम्मेदवारी दिएकी रामजोती देवी यादविनीले जम्मा ९ मत प्राप्त गरेकी थिइन् ।

सप्तरीको डाक्नेश्वरी–१ बाट जनमतले शैलेन्द्र कुमार साह र वडा नं. ४ बाट उदयनारायण पण्डितलाई उम्मेदवार बनाएको हो ।

रौतहटको इशनाथ–७ बाट शेष जमिरुल हक, राजपुर–६ बाट क्यामुद्दिन धुनिया र गढिमाई नगरपालिका–८ बाट सुरेन्द्र राउत कुर्मीलाई उठाएको छ ।

पार्टीले टिकट दिएको सबै उम्मेदवार अहिलेको अवस्थामा अग्रतामा रहेको जनमत पार्टी मधेश प्रदेश संसदीय दलका नेता महेश प्रसाद यादवले बताए ।

जनताको आकर्षण जनमतप्रति बढ्दै गएकोले रामगोपालपुर बाहेक सबै वडामा आफूहरु अगाडि रहेको यादवले बताए ।

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले सात मध्ये दुई वडामा उम्मेदवारी दिएको छ ।

सप्तरीको डाक्नेश्वरी–४ मा जसपाले रविन्द्र राय र धनुषाधाम–१ मा अरुण सदा मुसहरलाई उठाएको छ ।