
नेपाल अहिले राजनैतिक भुमरीमा फसेका छन् । यहाँ प्रतिनिधि सभा विघटन हुनै बितिकै राजनैतिक अन्तरद्वन्द्व देखिएको हो । अहिले प्रधानमन्त्री ओलीको राजा फर्काउने चिन्तनले नेपाललाई मझधारमा राखेको यथार्थलाई नकार्न सकिदैन । यता राजा ज्ञानेन्द्रले पनि जिल्ला—जिल्लाहरुमा आफ्ना कार्यकर्ताहरु पठाएर आफ्नो प्रचारप्रसार गर्न थालेका छन् । राजा आउँ,देश बचाउँको नारा चौक—चौकमा कार्यकर्ताहरुले बोल्न थालेका छन् । अर्कातिर प्रचण्ड लगायत अन्य पहाडी समुदायका ठूला नेताहरु तथा दलहरु र मधेसबादी नेताहरु तथा दलहरु संयुक्त रुपमा ओली तथा राजाबादीहरुको विरोध गर्न थालेका छन् । अहिले विरोधी दलहरु दिनहुँ विभिन्न विरोधका कार्यक्रमहरु सार्वजनिक गर्दे संघियता बचाउने प्रयासमा जुटेका छन् । यता ओली सरकार निर्वाचन गराउनेमा समेत लागि परेको देखिन्छ । वास्तवमा अहिलेको परिवेश तथा क्रियाकलापहरुले फेरी नेपाल आन्तरिक द्वन्द्वमा फस्दै गइरहेको देखिन्छ । फेरी नेपालमा नेताहरुका भडकीलो भाषणले शहिद हुनेहरुका संख्या बढने देखिन्छ । किनभने अहिले संघियता नै समाप्त पार्ने काम भइरहेको छ । यदि यसको विरोध तथा समाधन गरिएन भने यसले देशमा जनयुद्ध निम्त्याउने खतरा बढेको देखिन्छ । यस कार्यमा विद्यालयहरु पूर्ण रुपमा सुरक्षित तथा शान्त राखिनुपर्छ ।