जलेश्वरटुडे समाचारदाता
पटना, २५ माघ
श्री देवअंशी लहेरी समाज जनकपुरधाम नेपाललाई शनिबार एउटा कार्यक्रम विच बिहार लाहकार महासंघ पटनाले सम्मान गरेका छन् ।
आयोजक महासंघले संघे शक्ति कलियुगे नाराका साथ भारत भरी छरिएर रहेका लहेरी वा लाहकार स्वजातिलाई भेला गराई संगठन विस्तार तथा लहेरी डट ईन बेवसाइटको लोकार्पण गर्नको लागि यस्तो कार्यक्रमको आयोजना गरेका थिए ।
सोही कार्यक्रममा करिब ४ महिना अगाडी निर्वाचित श्री देवअंशी लहेरी समाज जनकपुरधाम नेपालका पदाधिकारीहरुलाई सम्मान गरेका थिए ।
सम्मान हुने पदाधिकारीहरु स्वजातिहरुमा सल्लाहकार लक्ष्मण साह,अध्यक्ष मुकेश कुमार साह,महासचिव पवन कुमार साह,कोषाध्यक्ष शत्रुधन साह,सदस्य सुजित कुमार साह,स्वजाति सजन साह,महिपाल मसाला उद्यमी मुकेश कुमार साह तथा अमर साह थिए ।
कार्यक्रमको विधिवत रुपमा शुरुवात पानसमा राखिएको दीप महासंघको संस्थापक अग्रज मदन प्रसाद लहेरी,बैजनाथ प्रसाद लहेरी शंकर साह लहेरी खैलौनाबाले,शंकर प्रसाद लहेरी अध्यक्ष मोहन प्रसाद लहेरी,उपाध्यक्ष नविन कुमार लहेरी,महासचिव अनिल कुमार गुप्ता लहेरी लगायत मञ्चमा आसिन अन्य वरिष्ठ स्वजातिहरु द्वारा प्रज्जवलन गरिएको थियो ।
लगतै भारतको राष्ट्रिय गानको समेत छात्रछात्राहरुको अगुवाईमा प्रस्तुत गरिएको थियो । कार्यक्रममा स्वागत मन्तब्य संस्थापक मदन प्रसाद लहेरीले राख्नु भएको थियो ।
भाषणको क्रममा आँखाबाट आँशु झार्दै आफूहरुले बडो दूःख तथा कष्टको साथ बिहार लाहकार महासंघको स्थापना ई.सं.१९६६।६७ मा गरेको बताउनुभयो ।
संस्थापक लगायत अन्य ज्येष्ठ बक्ताहरुले युवाहरुलाई एकत्रित भई संगठित भएर अगाडी बढन सुझाब दिएका थिए । नेपालको महासचिव साहले समेत कार्यान्वयन पक्षलाई ध्यान दिन तथा नेपालमा बसोबास गर्ने लहेरी समाजलाई सुचिकृत गराउन सल्लाह दिन जानकारी गराउनुभयो ।
त्यसैगरी महासचिव गुप्ताले लहेरी स्वजातिलाई एउटै मालामा एकत्रित पार्न www.laheri.in को लोकार्पण संस्थापक सदस्यहरु लगायत मञ्चमा आसिन अतिथिहरुबाट गराउनु भयो ।
वहाँले सामुहिक विवाह,बरबधु खोज्न,आर्थिक चन्दा संकलन गर्न,बेरोजगारी समस्या समाधान गर्न,दहेज प्रथा अन्त्य गर्न तथा क्षण—क्षणको नयाँ जानकारी गर्न यो बेवसाइट प्रतिबद्ध रहने जानकारी गराउनुभयो ।
कार्यक्रममा बिहारको ३८ जिल्लाका स्वजातिहरु,कलकत्ता,टाटा,मुम्बई,दिल्ली,झाररखण्ड तथा विदेशी राष्ट्र नेपालका स्वजातिहरुका समेत उपस्थिति रहेको थियो । बिहार लाहकार महासंघलाई सबल पार्न विभिन्न क्षेत्रका स्वजाति लगायत महिपाल मसाला उद्योग जनकपुरधाम नेपाल र श्री देवअंशी लहेरी समाज जनकपुरधाम नेपालले समेत आर्थिक सहयोग गरेका थिए ।
सभाको दोस्रो रात्रि बैठकमा राष्ट्रिय लहेरी वा लाहकार समिति चयन गर्न तथा अन्तरर्राष्ट्रिय संगठन विस्तारका बारेमा समेत छलफल तथा निर्णय गरियो ।
कार्यक्रममा पुरुष स्वजाति लगायत महिला स्वजाति,जलेश्वर टुडे दैनिक पत्रिका तथा अनलाइनको प्रकाशक तथा सम्पादक पवन कुमार साह र स्थानिय पत्रकार,सुरक्षा निकाय,प्र्राबिधिक सहयोगी गण,स्वयंसेबक गण तथा छात्रछात्राहरुका समेत सहभागिता रहेको थियो ।
कार्यक्रमको संचालन राम प्यारे सिंह उत्सव हाँल पटनामा गरिएको थियो । कार्यक्रममा कोरोनाका ख्याल गर्दै निःशुल्क मास्क,सेनेटाइजर,थर्मलगण लगायत अन्य आवश्यक सामाग्रीहरुका व्यवस्थापन गरिएको थियो ।
कार्यक्रममा नास्ता,खाना,चिया तथा बासको समेत व्यवस्थापन आयोजकले गरेका थिए ।