जलेश्वरटुडे समाचारदाता
जलेश्वर, २८ मंसिर
नेपाल पत्रकार महासंघ महोत्तरी शाखाको नव अध्यक्षमा महेश दास ३२ मत ल्याएर निर्वाचित भएको छ ।
देशव्यापी संचालन भएको नेपाल पत्रकार महासंघको निर्वाचन २८ गते शुक्रबार समपन्न भएको छ । अध्यक्ष पदको प्रतिद्वन्दी संतोष सिंहले २९ मत ल्याएका थिए । त्यसैगरी उपाध्यक्षमा अरविन्द कुमार झाले ३१ मत ल्याई विजयी भएको छ भने प्रतिद्वन्दी संजित कुमार मण्डलले २८ मत ल्याएका थिए । महिला उपाध्यक्षमा आशा कुमारी तोलाई ३२ मत ल्याएर विजयी भएकी छिन् भने उनको प्रतिद्वन्दी भाग्यरेखा ठाकुरले २८ मत ल्याएकी थिइन् । सचिव पदमा रामनारायण महतोले ३३ मत ल्याएर जित हात पारेका छन् भने उनको प्रतिद्वन्दी विशाल बस्नेतले २८ मत ल्याएका थिए । सह सचिव पदमा दिपक कुमार पाण्डेले ३२ मत ल्याएर विजयी भएका छन् भने उनको प्रतिद्वन्दी नागेन्द्र कुमार यादवले २८ मत ल्याएका थिए । सहसचिव समावेशी अन्तर्गत शर्मिला घिमिरेले ३१ मत ल्याई विजयी भएकी छिन् भने १ मतले अमृत कुमार महतो हारेका छन् । कोषाध्यक्ष पदमा राजीव कुमार राय कुर्मी ३१ मत ल्याएर विजयी भएका छन् भने उनको प्रतिद्वन्दी नवीन कुमार चौधरी २९ मत ल्याउनमा सिमित रहे । दलित सदस्यमा ममता विश्वकर्मा ३१ मत ल्याएर विजयी भएकी छिन् भने उनको प्रतिद्वन्दी मन्जित राम २९ मत ल्याउन सके । महिला सदस्यमा रजनी कुमारीले ३३ मत ल्याएर विजयी भएकी छिन भने उनको प्रतिद्वन्दी शुभद्रा भुजेलले २७ मत ल्याउन सकिन । मधेसी सदस्य पदमा निरञ्जन साह ३० मत ल्याएर विजयी भएको छ भने उनको प्रतिद्वन्दी रोशन कुमार महतोले २९ मत ल्याउन सके । समावेशी सदस्य पदमा विष्णु गुप्ताले ३३ मत ल्याएर विजयी भएको छ भने उनको प्रतिद्वन्दी लक्ष्मी कुमार साहले २७ मत ल्याएर हारेका छन् । केन्द्रीय परिषद सदस्य पदमा बैद्यनाथ चौधरीलाई १४ मतले उछिनी ३४ मत ल्याएर गोपाल बराल विजयी भएका छन् । खुला सदस्य पदमा उषा आचार्यले ३१,जिवन राज दाहालले ३०,टेक प्रसाद पोखरेल २८,निरुता कुमारी चौधरी २८,विनय कुमार यादव २९,रञ्जित कापर २६,राम बाबु यादव २६ र सरस्वती लामा २८ मत ल्याएका थिए । त्यसैगरी प्रदेश परिषद सदस्य पदमा दशरथ भण्डारी ३६,रञ्जन भण्डारी ३५,कृष्णचन्द्र झा ३३,धनवीर महतो ३३ र अजय कुमार सिंह २९ मत ल्याएका थिए । जलेश्वर टुडे राष्ट्रिय दैनिक पत्रिका तथा अनलाइनको प्रकाशन तथा सम्पादक प्रा.पवन कुमार साहले विजयी सबै पदाधिकारीहरुलाई बधाई दिनुका साथै निष्पक्ष तथा पूर्वाग्रहरहित नेतृत्वको लागि मंगलमय शुभकामना समेत दिएका छन् ।

