" >
जनमत पार्टी औरही नगर समितिद्वारा विभिन्न माग राख्दै नगरपालिकामा ज्ञापनपत्र बुझाइयो - Jaleshwortoday

जनमत पार्टी औरही नगर समितिद्वारा विभिन्न माग राख्दै नगरपालिकामा ज्ञापनपत्र बुझाइयो

 ४ पुष २०८१, बिहीबार ००:३३  
5

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, ३ मंसिर

जनमत पार्टी औरही नगर समितिद्वारा बुधवार विभिन्न मागहरु राखि औरही नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ। मलखादको कालोबजारी रोक्न तथा किसानलाई सुपथ मूल्यमा सहज तरीकाले मलखाद वितरण गर्नुपर्ने माग गर्दै जनमत पार्टी औरही नगर समितिद्वारा औरही नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापनपत्र बुझाएको हाे।

पार्टीको नगर अध्यक्ष देवेन्द्र साहको नेतृत्वमा केन्द्रीय पदाधिकारी,नेता कार्यकरता सहित नगरपालिका भरिका किसानहरु सम्मिलित टोलीले नगरपालिकालाई ज्ञापनपत्र बुझाएका हुन्। ज्ञापन पत्रमा औरही नगरपालिकाको हरेक वडामा मलखादको कालोबजारी भइरहेको, मलखाद उपलब्ध रहे पनि महँगो मूल्यमा मलखाद किन्नुपरेको, पार्टीगत आधारमा मलखाद वितरण गर्ने कार्य भइरहेको तथा जनमत पार्टीसँग आबद्ध किसानहरूलाई मलखादबाट वञ्चित गरिएको भन्दै कारबाई गर्नु पर्ने बुँदाहरु उल्लेख गरिएको छ।

ज्ञापनपत्रमा औरही नगरपालिकामा मलखादमा भइरहेको कालोबजारी अविलम्ब रोक्न, कालोबजारी गरिरहेका डिलरहरूमा छापा मारेर नियन्त्रणमा लिई कारबाई गर्न र किसानहरूलाई विभेद नगरी सहज तरीकाले सुपथ मूल्यमा मलखाद उपलब्ध गराउन माग गरेको छ।

किसानहरूलाई गहुँलगायत अन्य बाली छर्ने बेला भएकोले र समयमा मलखाद नपाएर गहुँ लगायत अन्य बालीको खेतीबाट किसानहरु वञ्चित भए उनीहरूको गुजारा समेतमा पनि असर पर्ने भएकोले सो समस्या अविलम्ब समाधान गर्न जनमत पार्टी औरही नगर समितिले माग गरेको छ।

ज्ञापनपत्र