" >
गौशाला नगरपालिका–११ लक्ष्मिनियामा स्यालको टोकाइबाट छ जना घाइते - Jaleshwortoday

गौशाला नगरपालिका–११ लक्ष्मिनियामा स्यालको टोकाइबाट छ जना घाइते

 १० पुष २०८१, बुधबार ००:१९  
bbd0bcb5-a3d8-4ad4-ab83-88314f715193

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, ९ पौष

गौशाला नगरपालिका–११ लक्ष्मिनियामा स्यालको टोकाइबाट छ जना घाइते भएका छन् ।

मंगलवार साँझ स्यालको टोकाइबाट ४ जना महिला र २ जना पुरुष घाइते भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ।
घाइते हुनेहरुमा मती देवी महतो,ललिता शर्मा,लिलम साह,रोशन यादव,रामचन्द्र यादव,मन माया पोखरेल रहेका छन् ।
खेतबाट काम गरेर घर फर्किने क्रममा बाटोमा पर्ने जंगल क्षेत्रमा एक्कासी उनिहरुलाई स्यालले आक्रमण गरेर टाेकेको पीडितहरुले बताएका छन् ।

खेतबाट बेलुका घर फर्कि रहेको बेला एक्कासि जंगलबाट स्याल आएर आफूलाई आक्रमण गरी घाइते बनाएको पीडित ललिता शर्माले बताए ।
यसअघि नजिकैको जङ्गलबाट गाउँमा बहुलाएको स्याल पसेर दर्जन बढी चौपायालाई समेत टोकेको स्थानीय स्थानीयले बताए।
स्यालको टोकाइबाट घाइते भएकाको प्रादेशिक अस्पताल जनकपुर उपचारको लागि पठाइएको छ। उक्त स्यालको खोजी भइरहेको इलाका प्रहरी कार्यालय गौशलाले जनाएको छ ।