
बसन्त पञ्चमीको तिथिमा प्रत्येक वर्ष मनाइने माँ सरस्वती पुजाको हर्षाेल्लास यस वर्ष पनि देख्न पाइयो । वास्तवमा माता सरस्वतीलाई विद्या,ज्ञान तथा बुुद्धिमताकी देवी मानिन्छ।
वहाँकै असीम कृपाले यो संसारमा मान्छेले आफ्नो क्षमताको विकास गरी मान,सम्मान,यश तथा कृति स्थापित गर्न लगाउनुभएको छ । वास्तवमा विना सरस्वतीको लक्ष्मीको कल्पना समेत गर्न सकिदैन ।
त्यसकारण वहाँको पुजाआजा तथा भक्ति अति आवश्यक देखिन्छ । विशेष गरी विद्यार्थीहरुले मनाउने यस पर्वमा विद्यालय तथा शिक्षालयहरुमा यो दिन विशेष तयारी तथा विभिन्न किसिमको तयारी गर्ने गरीन्छ । यसले बौद्धिक समाजमा ताजापन तथा उर्जा थप्ने समेत गरेको बुद्धिजिबिहरुको बुझाई रहेको छ ।
हंस बाहिनी,ज्ञान दायनिलाई यस दिन विश्वले वहाँसँग अम्बल बिमल मति माँग्ने गरेको प्रमाण अहिले पनि ताजा छदैंछ ।
त्यसकारण यस वर्ष कोरोनाको कहरको विचमा बाच्नु तथा नाच्नु परेको यथार्थलाई पुनः दोहोर्याउदै यस वर्ष सम्पूर्ण विद्यार्थी,शिक्षक, कर्मचारी,अभिभावक,प्रधानाध्यापक तथा शुभेच्छुकहरुलाई माँ शारदेको असीम कृपा तथा ज्ञान प्राप्त होस भनि कामना गर्दछौं ।