जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, २४ पौंष
निर्वाचन आयोगले नेपाल सद्भावना पार्टीको अध्यक्षमा राम कुमार महतो सहितको ९१ जनाको कार्यसमितिलाई अद्यावधिक गरेको छ ।
मधेसको मसिहा स्व.गजेन्द्र नारायण सिंह संस्थापक अध्यक्ष रहेको नेपाल सद्भावना पार्टीको मिति २०८१ मंसिर १,२ र ३ गते जनकपुरधामको श्री महेन्द्र नारायण निधी,मिथिला सँस्कृतिक केन्द्रको सभा हाँलमा समपन्न ७ औं महाधिवेशन बुधबार सम्माननीय निर्वाचन आयोगबाट अद्यावधिक भई कानूनी रुपमा बैधानिक सावित भएको छ । साथै विरगञ्जमा गराईएको अवैधानिक महाधिवेशन आजबाट खारेजी समेत गरिएको छ । यस अपार खुशिको क्षणमा नेपाल सद्भावना पार्टीको ७ औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित तथा मनोनित पदाधिकारी तथा सदस्यहरु तथा नेपाल सद्भावना पार्टीका समर्थकहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत अध्यक्ष महतोले दिनुभएको छ ।
नामाबलीको सूचि हेर्न तलको लिंकमा क्लीक गर्नुहोस् :
