नेपाल सद्भावना पार्टीद्वारा विभिन्न राजनीतिक दलसँग वार्ता गर्न वार्ता समिति चयन – Jaleshwortoday

नेपाल सद्भावना पार्टीद्वारा विभिन्न राजनीतिक दलसँग वार्ता गर्न वार्ता समिति चयन

 २९ पुष २०८१, सोमबार २३:५३  
Ram Kumar Mahato

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, २९ पौंष

नेपाल सद्भावना पार्टीद्वारा विभिन्न राजनीतिक दलसँग वार्ता गर्न ३ सदस्ययी वार्ता समिति चयन गरिएको छ ।
वार्ता समितिको संयोजकमा पार्टीको सहअध्यक्ष कालीपद शर्मा,सदस्यहरुमा उपाध्यक्ष अमरेन्द्र कुमार झा र महासचिव सरस्वती कुमारी झा रहेका छन् । यो समितिले मधेस तथा नेपालभरी छरिएर रहेका विभिन्न राजनीतिक दलहरु तथा विचार मिल्ने विभिन्न शक्तिहरुसँग वार्ता गर्ने राष्ट्रिय अध्यक्ष राम कुमार महतोले बताउनु भयो । अध्यक्ष महतोले विगत ३ दशकदेखि मधेस,मधेशी तथा मधेशबादको लागि संघर्षरत नेपाल सद्भावना पार्टीको लागि भइरहेको गठबन्धन,सहकार्य,मोर्चाबन्दी र एकताको प्रयास सराहनीय रहेको साथै नेपाल सद्भावना पार्टी यस कार्यको उच्च प्रशंसा गर्दछ बताउनुभयो । अध्यक्ष महतोले यो वार्ता समितिले नेपाललाई एक पटक फेरी पूर्ण समानुपातिक तथा सबैको राज्य बनाउन सबै दलहरुसँग वार्ता गर्न तयार रहने बताउनुभयो ।

840e14fd-f186-4e88-a7ea-804ab3666f39